अन्तरार्ष्ट्रीय नारी दिवसको उपलक्ष्यमा भारतीय मानवाधिकार एशोसिएसन, खरसाङ युनिटद्वारा खरसाङ महकुमा पुलिस अधिकारीसित भेट

IMG-20240308-WA0164.jpg

खरसाङ: अन्तरार्ष्ट्रीय नारी दिवसको उपलक्ष्यमा भारतीय मानवाधिकार एशोसिएसन, खरसाङ यूनिटले खरसाङ महकुमा पुलिस अधिकारी आईपीएस पोलूमति शारान्यासँग भेट गरेका छन्।
भेटघाटको उद्देश्यबारे खरसाङ प्रभारी ज्योति मुखियाले भने, “आजको भेटघाटको उद्देश्य दुईवटा रहेको थियो। पहिलो, एसडिपिओलाई महिला दिवसको शुभकामना टक्र्याउन अनि दोस्रो उनलाई स्वागत जनाउन।”
मुखियाले जानकारी दिए अनुसार पुलिस अधिकारी पी शरान्याले केही समय अघि मात्र पदभार सम्हाल्नु भएको हो। नयाँ अधिकारीहरूलाई एशोसिएसनको गतिविधि विषय जानकारी दिनु पर्ने एशोसिएसनले आफ्नो दायित्व सम्झन्छ। यो एशोसिएसनको परम्परा पनि रहेको छ। आजको भेटघाट समय एशोसिएसनको कार्य क्षेत्र अनि गतिविधिहरूको जानकारी गराइएको बताइएको छ। त्यसरी नै एशोसिएसनले कसरी अन्य संघ संस्था अनि सरकारी निकायहरु सँग मिलेर मानव अधिकारको मुद्दा माथि कार्य गर्दैछ टोलीले अधिकारीलाई जानकारी गराए। आजको भेटघाट सौहार्द पूर्ण रहेको अनि भविष्यमा पुलिस विभागबाट आयोजना गरिने जनता केन्द्रित कार्यक्रमहरु संयुक्त रूपमा पनि गर्नु सकिने वचन एसडीपिओ महोदयाले वचन दिनु भएको मुखियाले बताएका छन्।
एसडीपीओ-लाई खादा अर्पण गरेर मानवाधिकारका सदस्यहरुले नारी दिवसको शुभकामना व्यक्त गरे। आज भेट गर्ने टोलीमा ज्योति कुमार मुखिया, सरोज चौहान, सरवर आलम अनि सुमित प्रसाद रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement