प्यारा क्रिकेटर आमिर हुसैन लोनको प्रशंसा गरे सचिनले

IMG-20240308-WA0162.jpg

नयाँ दिल्ली: भारतका महान क्रिकेटर सचिन तेन्दुलकरले जम्मू-कश्मीर प्यारा टीमका कप्तान आमिर हुसैन लोनको सराहना गर्दै उनलाई सबैको निम्ति प्रेरणा बताए। आमिरले केवल ८ सालको हुँदा आफ्नो पिताको मिलमा दुर्घटनामा परेर आफ्नो दुवै हात गुमाएका थिए। एकजना शिक्षकले उनको क्रिकेट प्रतिभा देखेपछि उनलाई प्यारा क्रिकेटसँग परिचित गराएका थिए। यसरी आमिरले २०१३-देखि पेशादार रूपमा क्रिकेट खेलिरहेका छन्। सचिनले एक्स-मा लेखेका छन्, हरेक डिलीवरीको साथ वाधाहरूलाई पार गर्दै आमिर असली लेग स्पिनरको रूपमा अघि आएका छन्। तपाईं सबैको निम्ति प्रेरणा हुनुहुन्छ। इण्डियन स्ट्रीट प्रीमियर लीग २०२४-को शुरुवाती म्याचमा सचिन र आमिरले हिस्सा लिएका थिए। सचिनले केही दिन अघि कश्मीर यात्राको अवधि पनि आमिरसँग भेट गरेर उनलाई क्रिकेट ब्याट उपहारमा दिएका थिए। चौंतीस आमिर भारतीय क्रिकेटर विराट कोहलीलाई आफ्नो आदर्श मान्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement