इण्डियन वेल्स (अमेरिका): चोटसँग जुझिरहेका विश्वका पूर्व नम्बर एक टेनिस खेलाड़ी रफायल नडालले बीएनपी परिबास (इण्डियन वेल्स) ओपनमा आफ्नो पहिलो राउण्डको म्याचको एक दिन अघि टुर्नामेण्टबाट हट्ने फसेला गरे। यस म्याचमा खेल्न ओर्लिएको भए यो नडालको गत दुई महिनामा पहिलो आधिकारिक म्याच हुने थियो। स्पेनका यस २२ पल्टका ग्राण्ड स्ल्याम विजेता दिग्गज खेलाड़ीले बुधवार राति सोशल मीडियामा लेखेका छन्, म धेरै दुःखको साथ टुर्नामेण्टबाट हट्ने घोषणा गरिरहेको छु। यो सजिलो फसेला थिएन। यस्तो गर्नु मुश्किल थियो तर म आफू र आफ्ना प्रशंसकहरूसँग झूट बोल्न सक्दिनँ। म अहिले कठोर मेहनत र अभ्यास गरिरहेको छु । गत हप्ताको अन्तमा मैले आफ्नो खेलको जाँच गरेको तपाईंहरूलाई थाहा छ तर अहिले यस्तो महत्त्वपूर्ण टुर्नामेण्टमा उच्चतम स्तरमा खेल्न तयार छुइनँ। शीर्ष स्तरमा प्रतिस्पर्धाको निम्ति शरीरलाई तयार गर्न अझ केही समय लाग्नेछ।