पाक्योंग युनाइटेड स्पोर्टिंग क्लब र छुजाचेन स्पोर्टस एकाडमी विजयी

IMG-20220801-WA0158.jpg

१ अगस्तः पाक्योंग स्पोर्टिंग क्लबको तत्त्वावधानमा हरिमाया शर्माकी स्मृतिमा आयोजित ७६औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टको पहिलो दिन सोमवार दुईवटा म्याच खेलियो। स्थानीय पाक्योंग सेण्ट जेभियर्स मैदानमा शुरु यस नाइन ए साइड टुर्नामेण्टमा आज भएको पहिलो म्याचमा पाक्योंग युनाइटेड स्पोर्टिंग क्लबले रिफिल बोइजलाई ७-१-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा छुजाचेन स्पोर्टस एकाडमीले युनाइटेड खरसाङ फूटबल क्लब (यूकेएफसी)-लाई २-१-ले पराजित गऱ्यो। टुर्नामेण्टका दुईवटा सेमिफाइनल म्याच १२ र १३ अगस्तमा खेलिनेछ। यसरी नै फाइनल १५ अगस्तमा हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ३,००,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा २,००,००० रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement