विराज अधिकारीको निधनमा क्यापद्वारा शोक प्रकट

IMG-20240307-WA0144.jpg

गान्तोक: सिक्किमे राजनीतिमा एकजना स्पष्ट विचार बोकेर लामो समयदेखि राजनीतिमा सङ्घर्षशील व्यक्तित्व बिराज अधिकारीको निधनमा सिटिजन एक्सन पार्टी सिक्किमले गहिलो शोक व्यक्त गरेको छ। पार्टीले आज एक प्रेस बयान जारी गर्दै सिक्किमको पक्षमा आफ्नो विचार राख्ने र राजनीति नाफा र नोक्सानमा होइन सिक्किमको हितमा हुनुपर्छ भन्ने अड़ान लिएर सक्रिय अधिकारी सधैं स्पष्टवादी रहेको उल्लेख गरेको छ। बिराज अधिकारीले ९० को दशकदेखि राजनैतिक यात्रा शुरु गरेको र त्यसबेला राजनीतिमा पढेलेखेका मानिसहरु कमै भेटिने गरेको जानकारी गराउँदै सिक्किमको मायाले उनलाई सधैं राजनीतिसँग जोडेर राखेको बताएको छ। सिक्किमे राजनीतिबाट केही महिना अघि सन्यास लिने स्वर्गीय अधिकारीले जबसम्म राजनीति गरे तबसम्म सिक्किमका जटिल मुद्दाहरुमा कडा अनि स्पष्ट रुपमा अघि राख्ने काम गरेको क्यापको भनाइ छ। यस्ता व्यक्तित्व बोकेका नेता अब हामीसँग भौतिक रुपमा साथ नरहे पनि सिक्किमको हितमा सङ्घर्ष गरेका दिनहरुलाई आदर्श मानेर राजनीतिलाई अघि बढाउने प्रयास गरिने उल्लेख प्रेस बयानमा गरेको छ। उनको कर्मलाई उच्च सम्मान गर्दै यस दु:खद घडीमा आत्मा शान्तिका लागि प्रार्थना गरेको भनी जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement