एक अप्रेलदेखि टाटा मोटर्सकाे वाणिज्यिक वाहनहरूको मूल्यमा दुई प्रतिशतकाे वृद्धि

gettyimages-1246884044-612x612.jpg

नयाँ दिल्ली: देशमा सबैभन्दा विराट वाहन निर्माता कम्पनी टाटा मोटर्सले आगामी अप्रेल महिनादेखि आफ्ना वाणिज्यिक वाहनहरूको मूल्यमा दुई प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ। यो मूल्य वृद्धि आगामी १ अप्रेल, २०२४ देखि लागू हुनेछ।

कम्पनीले बिहीवार जारी बयानमा आफ्नो वाणिज्यिक वाहनहरूको मूल्यमा आगामी अप्रेल महिनादेखि दुई प्रतिशतसम्म वृद्धि गर्ने घोषणआ गरेको छ। कम्पनीको भनाइ छ, उत्पादन लागतमा वृद्धिको प्रभावलाई कम गर्नको लागि यो कदम उठाइएको हो। कम्पनीले भन्यो, यो मूल्य वृद्धि आगामी १ अप्रेल, २०२४  देखि लागू हुनेछ। टाटा समूहको यो कम्पनीले भारतमा ट्रक एवं बसहरू सहित विभिन्न प्रकारका वाणिज्यिक वाहनहरूको निर्माण गर्दछ।

उल्लेखनीय छ, टाटा मोटर्स भारतमा व्यावसायिक वाहन बनाउने सबैभन्दा ठूलो कम्पनी हो। यसको पुरानो नाम टेल्को थियो। यसका उत्पादन एकाईहरू भारतका जमशेदपुर, पुणे औ लखनऊ सहित अन्य धेरैवटा देशहरूमा छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement