१ अगस्तः सिंगलिंग स्पोर्टिंग क्लब, सोरेंग र सोरेंग जिल्ला प्रशासनको तत्त्वावधानमा आयोजित पहिलो इण्डिपेण्डेन्स डे फूटबल टुर्नामेण्टमा सोमवार भएको म्याचमा सिक्किमको आक्रमण स्पोर्टिंग क्लबले ठूलो जीत हासिल गऱ्यो। यस नाइन ए साइड टुर्नामेण्टअन्तर्गत आज स्थानीय सोरेंग खेल मैदानमा भएको म्याचमा सिक्किम आक्रमण एससी-ले दार्जीलिङ पुलिसलाई ६-२-ले पराजित गऱ्यो। अब मंगलवार खेलिने म्याचमा मालबाँसे बुधांग युनाइटेड एफसी र मानेभञ्ज्यांग एफसी-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










