इण्टर अफिस महकुमा स्तरीय फूटबलः एसडीओ अफिस सेमिफाइनलमा

IMG_20220801_185303.jpg

१ अगस्तः खरसाङ फूटबल एसोसिएशन (केएफए)-को तत्त्वावधानमा आयोजित पहिलो इण्टर अफिस महकुमा स्तरीय फूटबल टुर्नामेण्टमा सोमवार क्वार्टर फाइनल म्याच खेलियो। स्थानीय मण्टिभियट खेल मैदानमा जारी सेभेन ए साइड टुर्नामेण्टमा आज एसडीओ अफिसले खरसाङ सदर अस्पताललाई सडन डेथ-मा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। टुर्नामेण्टको फाइनल 8 अगस्तमा हुनेछ। आजका म्याचहरूमा रेफरीको भूमिका राजु छेत्री रहेका थिए। यसरी नै सहायक रेफरीको भूमिकामा अरविन्द छेत्री र अभिषेक ठटाल थिए। सुरेन राई फोर्थ अफिसियल रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement