टी२० वर्ल्ड कपको तयारीको निम्ति नेपालले ५ करोड़ रुपियाँ खर्च गर्ने

IMG-20240307-WA0100.jpg

काठमाडौं: नेपाल सरकारले बुधवार आउँदो टी२० वर्ल्ड कपको तयारीमा सहायताको निम्ति राष्ट्रिय क्रिकेट टीमलाई ५ करोड़ नेपाली रुपियाँ दिने घोषणा गऱ्यो। पीएमओ नेपालले आफ्नो आधिकारिक एक्स एकाउण्टमा नेपाल क्रिकेट एसोसिएशनको निम्ति धन आवण्टनको घोषणा गऱ्यो। यस साल १-देखि २९ जूनसम्म हुने टी२० वर्ल्ड कपको निम्ति नेपालले अगावै क्वालीफाई गरेको छ। टी२० वर्ल्ड कपका ५५ वटा म्याच वेष्ट इण्डिज र अमेरिकाका नौवटा शहरमा खेलिनेछ। नेपालको टीम केही दिन अघि मात्र त्रिभुवन यूनिभर्सिटी इण्टरनेशनल क्रिकेट ग्राउण्डमा खेलिएको त्रिकोणीय सीरीजको फाइनलमा नीदरल्याण्ड विरुद्ध ४ विकेटले पराजित भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement