मिरिक: दार्जीलिङका सांसद राजु विष्टले आज मिरिक पुगेका थिए। उनी मिरिकको ओकाईटीस्थित नागेश्वर शिवालय धाममा आयोजित सात दिवसीय सङ्गीतमय श्रीलिङ्ग महापुराण ज्ञान महायज्ञमा भाग लिन आईपुगेका थिए।

यस अवसरमा सांसद राजु विष्ट सुप्रसिद्ध कथावाचक दीप किशोर भट्टराई तथा प्रवेश दाहालको संगीतमय भागवत कथा वाचन कार्यक्रममा पनि सामेल भएका थिए।

यस अवसरमा उनलाई स्थानीयहरूले स्वागत पनि जनाएका थिए। यस अवसरमा सांसद राजु विष्टले सम्बोधन पनि गरेका थिए। सांसद राजु विष्टले भने, हाम्रो पहाड़मा ठाउँ-ठाउँमा भइरहेका यस्ता महायज्ञ, महापुराण अनि पूजा-अर्चनाले हामीहरू सबैको कष्ट निवारण गर्दै हाम्रा सपना-जपनाहरू पूरा गर्न दैवीय आशीर्वाद प्राप्त हुने विश्वास मैले राखेको छु।’

उनले अघि भने, ‘अति नै भक्तिमय भावना एवं वातावरणमा यस्तो सुअवसर प्रदान गर्नुभएकोमा नागेश्वर शिवालय सञ्चालक समिति एवं पुराण आयोजक समिति, नागेश्वर शिवालय धामका अध्यक्ष श्री जनक खड्का, सचिव श्री विकाश गिरीसमेत सम्पूर्ण ग्रामवासी एवं भक्तजनहरूलाई धन्यवाद एवं शुभकामना।’