खरसाङ: भिशन स्प्रिङ अन्तर्राष्ट्रीय गैर सरकारी संस्थाद्वारा दार्जीलिङ पहाड़को चिया बगानहरूमा कार्यरत् पचास हजारभन्दा बेसी श्रमिकहरूलाई स्पष्ट रूपमा देख्न सकोस् भनेर नयाँ साझेदारीको घोषणा गरिएको छ। खरसाङको मकैबारीस्थित एक रिसर्टमा सम्पन्न एक कार्यक्रममा भिजन स्प्रिङको आयोजनामा उक्त घोषणा गरिएको छ। कार्यक्रम अघि सम्पन्न पत्रकार सम्मेलनमा भिजन स्प्रिङको पदाधिकारीहरूले यसको उद्देश्य र औचित्य विषयमा विस्तृत रूपमा जानकारी गराएका छन्। चियाबारी श्रमिकहरूको जीवन यापनमा सुधार साथै सबै श्रमिकहरूलाई दृष्टि स्पष्ट होस् भनेर विभिन्न क्षेत्रहरूमा कार्य गरिरहेको जानकारी गराएका छन्। उक्त पत्रकार सम्मेलनमा भिजन स्प्रिङको पदाधिकारीहरू क्रमैले संस्थापक जोर्डन, सीईओ ईल्ला, कार्यकारी अध्यक्ष डा राजेस सैनी, एमडी अन्शु, हरकिरत सिंह सिन्धु, राहुल सक्सेना र एनकुमार उपस्थित रहेका थिए। उक्त पत्रकार सम्मेलनमा पत्रकारहरूलाई सम्बोधन गर्दै उनीहरूले मानिसको जीवनलाई केन्द्र गरेर भिजन स्प्रिङले कृषि, चियाबारी, चालकहरू र अन्य क्षेत्रका श्रमिकहरूलाई लिएर चश्माको सहयोगबाट स्पष्ट देख्न सकोस् भनेर कार्य गरिरहेको जानकारी गराएका छन्। यस संस्थाको मुख्य उद्देश्य चश्माको माध्यमले कम आय भएका मानिसहरूका लागि पनि चश्मा दिएर स्पष्ट देख्न सक्ने र यसबाट आर्थिक स्थिति पनि सुधार गर्ने कार्य गरिरहेको बताइएको छ। त्यसरी नै पत्रकारहरूले सोधेका विभिन्न प्रश्नहरूको उत्तर दिन्दै अहिलेको समयमा आँखाको देख्ने क्षमता घट्दै गईरहेकोले आँखाको देख्ने क्षमता बढ़ाउन भिजन स्प्रिङले प्रभावकारी ढंगमा कार्य गरिरहेको जानकारी गराएका छन्। यसले शिक्षा क्षेत्रमा पनि काम गरिरहेका छन् भने नानीहरूलाई लिएर पनि कार्य गरिरहेका छन्। यसले भारत लगायत विश्वको अन्य धेरै देशहरूमा पनि कार्य गरिरहेका छन्। चश्माले मानिसहरूको आँखाको दृष्टिमा अस्सी प्रतिशत क्षमता बढ़ाउँछ अनि यसतर्फ सचेतना गराउँदै कार्य गरिरहेको पनि जानकारी गराएका छन्।

सन् २०२१ मा स्थापना भएपछि भिजन स्प्रिङले स्पष्ट दृष्टिको लागि लगातार रूपमा रुपमा कार्य गरिरहेका छन् भने चियाबारी श्रमिकहरूको जीवन यापनमा सुधार साथै आँखाको दृष्टिमा कार्य गरिरहेको जानकारी गराइएको छ। भारतमा अझैं पनि ५५ करोड़ मानिसहरूमा चश्मा आवश्यक छ भनी जानकारी गराउँदै भिजन स्प्रिङले १५ लाख श्रमिकहरूसम्म पुग्ने लक्ष्य राखेको साथै अहिलेसम्म भिजन स्प्रिङले २ लाख ८० हजार मानिसहरूमा चश्मा उपलब्ध गराएर अधिक दृष्टि क्षमता बढ़ाएर कार्य गरिसकेको पनि जानकारी गराइएको छ। यस कार्यक्रम विषयमा पछिबाट पत्रकारहरूसित कुराकानी गर्दै भिजन स्प्रिङको भारतको लागि एमडी अन्शु तनेजाले विस्तृत रूपमा जानकारी गराएका छन्।