फ्रेञ्च ओपनको प्री-क्वार्टर फाइनलमा पुगिन् पीभी सिन्धु

IMG-20240307-WA0067.jpg

पेरिस: दुईपल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धुले फ्रेञ्च ओपन ब्याडमिण्टन टुर्नामेण्टको प्री-क्वार्टर फाइनलमा स्थान बनाइन्। सिन्धुले बुधवार राति खेलिएको म्याचमा कनाडाकी मिशेल ली विरुद्ध रोमाञ्चक जीत हासिल गरिन्। पेरिसको पोर्ट डे ला चेपल एरेनामा ८० मिनटसम्म चलेको म्याराथन म्याचमा सिन्धुले मिशेललाई २०-२२, २२-२०, २१-१९-ले पराजित गरिन्। यो ब्याडमिण्टन वर्ल्ड फेडरेशन (बीडब्ल्यूएफ) वर्ल्ड टूरमा सिन्धुको पुनरागमन म्याच थियो कारण चोटले गर्दा उनी चार महिनासम्म खेलबाट बाहिर रहेकी थिइन्। सिन्धु गत महिना मलेशियामा भारतीय महिला टीमसँग ब्याडमिण्टन एशिया टीम च्याम्पियनशीपमा खेल्न ओर्लिएकी थिइन्। मिशेल विरुद्ध म्याचमा सिन्धुले कड़ा चुनौती पेशगरे पनि पहिलो गेम गुमाइन्। त्यसपछि दोस्रो गेममा पनि उनी एक समय ६-१३-ले पछि रहेकी थिइन् तर त्यहाँबाट असाधारण पुनरागमन गर्दै सिन्धुले लगातार दुई गेमको साथमा म्याच जितिन्। म्याच जितेपछि सिन्धुले भनिन्, म्याच जितेर म खुशी छु कारण यो म्याच रोमाञ्चक थियो अनि कसैले पनि जित्न सक्थ्यो। मैले धैर्यको साथ खेल्न जारी राखे अनि म्याच जिते। प्री-क्वार्टर फाइनलमा सिन्धुको भिड़न्त अमेरिकी खेलाड़ी बेइवेन झांगसँग हुनेछ। यसरी पुरुष एकलमा भारतका किदाम्बी श्रीकान्तले चाइनीज ताइपेका शट्लर चाउ टीएन-चेनलाई २१-१५, २०-२२, २१-८-ले पराजित गरी प्री-क्वार्टर फाइनलमा स्थान बनाए। यसबीच एचएस प्रणय चाहिँ विश्वका १७औं नम्बरका खेलाड़ी चीनका लू गुआंग जू विरुद्ध २१-१७, २१-१७-ले पराजित भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement