क्वालीफाईंग राउण्डमा नागलको हार

IMG-20240306-WA0215.jpg

नयाँ दिल्ली: भारतका शीर्ष एकल पुरुष टेनिस खेलाड़ी सुमित नागल इण्डियन वेल्स मास्टर्स टुनीमेण्टमा क्वालीफाईंग राउण्डको वाधा पार गर्न असफल रहे। मंगलवार खेलिएको म्याचमा २६ वर्षीय नगाललाई दक्षिण कोरियाका सियोंग होंगले ६-२, २-६, ६-७ (४-७)-ले पराजित गरे। यसअघि नागलले क्वालीफाईंगको पहिलो राउण्डमा वाइल्ड कार्डद्वारा प्रवेश पाउने अमेरिकी खेलाड़ी स्टीफन डोस्टानिकलाई सीधा सेटमा ६-२, ६-२-ले पराजित गरेका थिए। क्वालीफाईंगको दोस्रो राउण्डमा हारे पनि नागललाई १० ऱ्याङकिंग पोइण्ट्स र १४४०० अमेरिकी डलरको पुरस्कार राशि प्राप्त भयो। नागल यस सालको शुरुवातमा अष्ट्रेलियन ओपनको दोस्रो राउण्डमा पुगेका थिए। त्यसपछि उनले चेन्नई च्यालेञ्जर्सको खिताब जितेका थिए। यसले गर्दा उनी विश्व ऱ्याङकिंगमा शीर्ष १००-मा स्थान बनाउन सफल भएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement