ओलम्पिकमा भारतको पहिलो म्याच २७ जुलाईमा न्यूजील्याण्डसँग

IMG-20240306-WA0212.jpg

लुसाने: पेरिस ओलम्पिकमा भारतीय पुरुष हकी टीमले आफ्नो पहिलो म्याच २७ जुलाईमा न्यूजील्याण्ड विरुद्ध खेल्नेछ। बुधवार यहाँ पेरिस ओलम्पिकको हकी स्पर्धाको कार्यक्रम जारी गरियो। टोक्यो ओलम्पिकमा काँस्य पदक जित्ने भारतलाई पूल बी-मा राखिएको छ। भारतीय टीमले २७ जुलाईमा न्यूजील्याण्ड विरुद्ध खेलेपछि २९ जुलाईमा अर्जेण्टिना, ३० जुलाईमा आयरल्याण्ड, १ अगस्तमा बेल्जियम र २ अगस्तमा अष्ट्रेलियाको चुनौती स्वीकार्नेछ। यसरी पूल ए-मा नीदरल्याण्ड, स्पेन, जर्मनी, फ्रान्स, ग्रेट ब्रिटेन र दक्षिण अफ्रिकालाई स्थान प्राप्त भएको छ। क्वार्टर फाइनल म्याचहरू ४ अगस्त अनि सेमिफाइनल म्याचहरू ६ अगस्तमा खेलिनेछ। काँस्य पदकको प्लेअफ् म्याच र फाइनल ८ अगस्तमा हुनेछ। कार्यक्रमको घोषणाको निम्ति आयोजित समारोहमा अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओए)-का प्रमुख थोमस बाक र अन्तर्राष्ट्रिय हकी महासंघका अध्यक्ष तैयब इकराम उपस्थित थिए। ओलम्पिकमा हकी म्याचहरू कोलोन्बेसको युवेस-डु-मेनोइर स्टेडियममा खेलिनेछ। पुरुष वर्गमा बेल्जियम गत च्याम्पियनको रूपमा खेल्न ओर्लिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement