खेलो इण्डियाका पदक विजेताहरू सरकारी नोकरीको पात्र हुने खेल मन्त्रीको घोषणा

IMG-20240306-WA0211.jpg

नयाँ दिल्ली: संशोधित मानदण्डहरूपछि अब खेलो इण्डियाका पदक विजेताहरू पनि सरकारी नोकरी पाउने पात्र हुने खेल मन्त्री अनुराग ठाकुरले बताएका छन् । बुधवार ठाकुरले बताए अनुसार, यो कदम प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मजबूत खेल पारिस्थितिकी तन्त्र, जमीनी स्तरमा प्रतिभाहरूलाई निखार्ने तथा खेललाई एउटा आकर्षक र व्यवहार्य करियर विकल्पमा बद्लिने’ दृष्टिकोणलाई ध्यानमा राखेर उठाइएको हो। कार्मिक र प्रशिक्षण विभागले खेल मन्त्रालयको परामर्श अनुसार सरकारी नोकरी चाहने खेलाड़ीहरूका निम्ति पात्रताको मानदण्डहरूमा संशोधन गरेको छ। ठाकुरले सोशल मीडिया प्ल्याटफर्म एक्स-मा आफ्नो पोस्टमा लेखेका छन्, खेलो इण्डिया खेलहरू (युवा, विश्वविद्यालय, प्यारा र शीतकालीन) -मा पदक विजेता खेलाड़ीहरू अब सरकारी नोकरी पाउने पात्र हुनेछन्। खेलो इण्डिया खेलहरूका आयोजन पहिलोपल्ट २०१८-मा भएको थियो। यसअघि कार्मिक र प्रशिक्षण विभागले आफ्नो आदेशमा भनेको थियो, खेल विभागसँग परामर्शपछि अधिक स्पष्टता ल्याउने, हालका समयमा महत्त्व हासिल गर्ने प्रतियोगिताहरूलाई यसमा सामेल गर्ने अनि यी प्रतियोगिताहरूमा असल प्रदर्शन गर्ने खेलाड़ीहरूलाई प्रोत्साहन दिनको निम्ति दिशानिर्देशहरूका समीक्षा गरियो। आदेश अनुसार, जुन प्रतियोगिताहरूलाई राष्ट्रिय महत्त्वको दर्ता दिइएको छ त्यसमा राष्ट्रिय खेल महासंघहरूद्वारा आयोजन गरिने राष्ट्रिय च्याम्पियनशीप, भारतीय ओलम्पिक संघद्वारा आयोजन गरिने राष्ट्रिय खेल तथा खेलो इण्डिया विश्वविद्यालय खेल, खेलो इण्डिया युवा खेल, खेलो इण्डिया शीतकालीन खेल र खेलो इण्डिया प्यारा खेल सामेल छ। खेल मन्त्रालयको यस घोषणामा खेलाड़ीहरूले खुशी व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement