भाजपा सिक्किमका कार्यकर्ताहरू नारीशक्ति वन्दन अभिनन्दन कार्यक्रमको वर्चुअल रूपमा साक्षी बने

n5893210901709746358640cd080217e89669299a3d5bac5f89d00e631baeb662779667e85ea013f30298bb.jpg

गान्तोक: पश्चिम बंगालको सन्देशखालीमा आयोजित नारीशक्ति वन्दन अभिनन्दन कार्यक्रमलाई आज प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरे। हजारौं महिलाहरूको उपस्थितिमा सम्पन्न आजको महासभामा देशभरिका हजारौं स्थानमा भाजपा महिला मोर्चाका पदाधिकारी तथा कार्यकर्ताहरू वर्चुअल रूपमा साक्षी बनेका थिए।

यस क्रममा सिक्किमका पनि सबै जिल्लाका महिला मोर्चा कार्यकर्ताहरूले यस कार्यक्रमको साक्षी बनेका थिए।

प्रदेश भाजपाद्वारा आज जारी प्रेस विज्ञप्ति अनुसार, देशव्यापी रूपमा आफ्नो सम्बोधनको साक्षी बनिरहेका महिलाहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले विगत १० वर्षमा आफ्नो सरकारले महिला सशक्तिकरणको दिशामा विभिन्न पहलहरू गरेको जानकारी गराए। उनले विशेष गरेर हालै संसदमा पारित नारीशक्ति वन्दन अधिनियम अन्तर्गत लोकसभा र विधानसभामा ३३ प्रतिशत आरक्षण विधेयक, तीन तलाकविरूद्ध कानून, उज्ज्वला योजना अन्तर्गत विशेष आमाहरूलाई धुवाँमुक्त किचन सुनिश्चित गर्न निःशुल्क एलपीजी कनेक्सन, महिला स्वयंसेवी संस्थाहरूलाई आर्थिक सहयोग, मुद्रा योजना अन्तर्गत महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन ३०.६४ करोड़ लोन प्रदान गरिएको लगायत अन्य विभिन्न महिला कल्याणका योजनाहरूबारे प्रकाश पारे। उनले हालै सन्देशखलीमा भएको घटनाको पनि निन्दा गर्दै यसले बंगाललाई सर्मसार बनाएको बताए।

प्रधानमन्त्रीको कार्यक्रम हेर्न आज भाजपा सिक्किम महिला मोर्चाका कार्यकर्ताहरू राज्यका सबै जिल्ला कार्यालयहरूमा भेला भएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement