एमआई १७२ हेलिकप्टरको व्यावसायिक सञ्चालन शुरू

n58932108617097462279089c5dd2c1fb3124ddd003e9129c07cdeb928cd58bf4ec9caee1ca46d721a4b9d4.jpg

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज २६ सीट क्षमता भएको डबल इञ्जिनको एमआई १७२ हेलिकप्टर आधिकारिक रूपमा लोकार्पण गरे। राज्य पर्यटन एवं नागरिक उड्डयन विभागले बुर्तुक हेलिप्याडमा एमआई १७२ हेलिकप्टरको पहिलो अवतरण र व्यावसायिक सञ्चालनको निम्ति प्रवेश पूजाको आयोजना गरेको थियो।

जानकारी अनुसार, यो रूसमा निर्मित एक उच्च अनुकूलन मध्यम-लिफ्ट ट्विन-इञ्जिनको विमान हो र विभिन्न कार्यहरू गर्न सक्षम छ। यसबाहेक, यो हेलिकप्टर हाम्रो देशको उच्च-उचाई इलाकाको लागि डिजाइन गरिएको छ भने यसले यात्रुहरूलाई विश्वको कुनै पनि अन्य हेलिकप्टरले पहुँच गर्न नसक्ने उचाइहरूमा ढुवानी गर्न सक्षम रहेको बताइएको छ।

यस अवसरमा सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश विश्वनाथ सोमाद्दर, पर्यटन मन्त्री बीएस पन्त, विधायक जीटी ढुंगेल, विधायक वाईटी लेप्चा, गान्तोकका मेयर नील बहादुर छेत्री, मुख्य सचिव वीबी पाठक तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement