सड़क दुर्घटना तीनजना व्यक्तिहरु गम्भीर रूपले घाइते

IMG_20220801_170643.png

राजगञ्ज: आज जलपाईगढी संलग्न दसदरगा इलाकामा सड़क दुर्घटना तीनजना व्यक्तिहरु गम्भीर रूपले घाइते भएका छन्। उक्त दुर्घटनामा टोटोमा सवार दुईजना यात्री टोटो चालक सहित तीनजना गम्भीर रूपमा घाइते भएका छन्। बाटोमा कुदिरहेको एउटा १० चक्के लरी अनियन्त्रित हुदाँ छेउैको सड़क किनारमा रोकेर राखेको २ वटा बाइक र एउटा टोटोलाई धक्का दिएपछि उक्त लरी पल्टियो। स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई उद्धार गरेर जलपाईगढी सुपर स्पेसियलिटी अस्पतालमा पठाएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार जलपेश मन्दिरबाट फर्किरहेको समय तीर्थयात्रीले आफ्नो बाइक सड़क किनारमा राखेर दोकानमा चिया खाइरहेका थिए। त्यहीँ समय एउटा १० चक्के लरी अनियन्त्रित भएर २ वटा बाइक र एउटा यात्री बोकेको टोटोलाई धक्का दियो। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर दुर्घटनाग्रस्त वाहनहरूलाई आफ्नो नियन्त्रणमा लिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement