भीआईद्वारा कोलकाताको अन्डरवाटर मेट्रो रेल सेवामा सिमलेस कनेक्टिविटी प्रदान गर्न आफ्नो नेटवर्क डिप्लोइमेन्ट सफलतापूर्वक विस्तार

11669524187rmci14adluzvsw4beamznfnqa3xbyzhoztsulkwi69kpbiqilieohn9h6b7f9ppf5zdavyokvehgkr6cltfwxnejjk2d80y39fuy.png

कोलकाता: आज कोलकाताका नागरिकहरूका लागि धेरै महत्त्वपूर्ण दिन हो किनभने प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको ऐतिहासिक पूर्वाधार परियोजना- भारतको पहिलो अन्डरवाटर मेट्रो रेल सेवाको उद्घाटन गरे। यस नवनिर्मित मेट्रो मार्ग प्रयोग गर्न शहर तयार हुँदा,अग्रणी दूरसंचार अपरेटर भीआईले सम्पूर्ण भूमिगत पूर्व-पश्चिम मेट्रो कोरिडोर मार्गमा आफ्नो नेटवर्क तैनाती सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ। यससँगै अन्डरवाटर मेट्रो रेल सेवामा यात्रा गर्ने भीआई ग्राहकहरूले ग्रीन लाइन मेट्रोको सम्पूर्ण १६.६ किलोमिटर मार्गमा सिमलेस कनेक्टिभिटीको अनुभव गर्नसक्ने एक प्रेस विज्ञप्तिमा बताइएको छ।हावडा मैदानबाट एस्प्लेनेडमा यात्रा गर्ने यात्रुहरूका लागि सिमलेस नेटवर्क जडान सुनिश्चित गर्न भीआईले ६ भूमिगत स्टेशनहरू (फूलबागान, सियालदह, एस्प्लेनेड, महाकरण, ग्रीन लाइन मार्ग, हावडा स्टेशन, मैदान)मा सबै १७ स्टेशनहरूमा अत्याधुनिक नेटवर्क पूर्वाधारहरू तैनाथ गरेको छ। ११ ग्राउन्ड/एलिभेटेड स्टेशनहरू (तेघोरिया, रघुनाथपुर, बगुआटी, दमदम पार्क, केश्तोपुर, साल्ट लेक सेक्टर ५, करुणामयी, सेन्ट्रल पार्क, सिटी सेन्टर, बेंगल केमिकल र साल्ट लेक स्टेडियम) स्टेशनहरूको १०.८ किलोमीटरको विस्तारपनि सामेल छ अनि ११ ग्राउण्ड /एलिभेटेड स्टेशन (तेघोरिया, रघुनाथपुर, बागुईआटी, दमदम पार्क, केष्टोपुर, साल्टलेक सेक्टर ५, करुणामयी, सेन्ट्रल पार्क, सिटी सेन्टर, बंगाल केमिकल र सल्ट लेक स्टेडियम)। यी ११ एलिभेटेड स्टेशनमा ६ स्टेशन अर्थात् सल्टलेक सेक्टर ५, करुणामयी, सेन्ट्रल पार्क, सिटी सेन्टर, बेंगल केमिकल र सल्टलेक स्टेडियम मानिसहरूका लागि सुलभ रहेको छ अनि अन्य ५ स्टेशन पनि उचित समयमा खोलिने छ।पूर्व-पश्चिम मेट्रो कोरिडोरलाई अलग गर्ने प्रमुख कारक सुरुङ हो, जुन हुगली नदीको मुनि १३ मिटर र सतह स्तर भन्दा ३३ मिटर तल रहेको छ। आफ्ना ग्राहकहरूलाई अझ राम्रो सञ्जाल अनुभवक अलागी सक्षम बनाउन भीआईले भूमिगत मेट्रो सुरुङ भित्र र नदी सुरुङ मुनि आईबीएस (इन-बिल्डिङ समाधान) तैनाथ गरेको छ। पहलको बारेमा टिप्पणी गर्दै भोडाफोन आइडियाका क्लस्टर बिजनेस हेड पूर्वनवीन सिंघवीले भने,’यो पूर्व-पश्चिम मेट्रो कोरिडोरको उद्घाटन कोलकाता र हावडाका नागरिकहरूको लागि लामो समयदेखि प्रतिक्षा गरिएको सपना साकार भएको छ। हाम्रो नेटवर्क डिप्लोयमेन्टले हाम्रा भीआई ग्राहकहरूलाई कुनै पनि अवरोध बिना सहज र परिष्कृत नेटवर्क अनुभव प्रदान गर्ने कुरामा हामी खुशी छौंl

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *