ओलम्पिक क्वालीफायरमा शिव थापाको हार, निशान्तको जीत

IMG-20240306-WA0190.jpg

बस्तो अर्सिजियाे: वर्ल्ड च्याम्पियनशीपका काँस्य पदक विजेता निशान्त देवले बुधवार यहाँ ब्रिटेनका बक्सर लुईस रिचर्डसन विरुद्ध ३-१-ले रोमाञ्चक जीत हासिल गरी पहिलो ओलम्पिक बक्सिंग क्वालीफायरमा आफ्नो अभियानको असल शुरुवात गरे तर अनुभवी शिव थापाले चाहिँ पहिलो राउण्डमै हारको सामना गर्नु पऱ्यो। पुरुषहरूका ७१ किग्रा वर्गमा निशान्तले कमनवेल्थ गेम्समा काँस्य पदक विजेता रिचर्डसन विरुद्ध शुरुदेखि नै आक्रामक खेल देखाए अनि प्रतिद्वन्द्वीलाई आफूमाथि हावी हुन दिएनन्। अन्तमा भारतका २३ वर्षीय बक्सरले विभाजित फसेलाद्वारा जीत हासिल गरे। यसरी एशियन च्याम्पियनशीपमा ६ पल्टका पदक विजेता शिव थापा (६३.५ किग्रा)-ले चाहिँ उज्बेकिस्तानका वर्तमान वर्ल्ड च्याम्पियन रुस्लान अब्दुल्लाव विरुद्ध हारको सामना गर्नु पऱ्यो। रुस्लानले आफ्नो ख्याति अनुरूप प्रदर्शन गरे। उनले शुरुदेखि नै आक्रामक मिजास अप्नाएर भारतीय बक्सरलाई रक्षात्मक हुन वाध्य गराए। रुस्लानले लगातार आक्रमण गर्दा रेफरीले पहिलो राउण्डमै खेल रोकेर उज्बेकिस्तानका बक्सरलाई विजेता घोषित गरे। यसअघि मंगलवार वर्तमान राष्ट्रिय च्याम्पियन लक्ष्य चाहर (८० किग्रा) ईरानको गेश्लाघी मेसम विरुद्ध पराजित भएर पहिलो राउण्डमै बाहिर हुने चौथो भारतीय बनेका थिए। वर्ल्ड च्याम्पियनशीपमा काँस्य पदक विजेता दीपक भोरिया (५१ किग्रा), एशियन गेम्समा काँस्य पदक विजेता नरेन्द्र बेरवाल (९२ किग्राभन्दा अधिक) र कमनवेल्थ गेम्समा काँस्य पदक विजेता जेस्मीन लाम्बोरिया (६० किग्रा) पनि पहिलो राउण्डमै हारेका थिए। भारतले पेरिस ओलम्पिकको निम्ति बक्सिंगमा अहिलेसम्म ४ वटा कोटा हासिल गरेको छ। ओलम्पिक कोटा हासिल गर्ने बक्सरहरूमा निकहत जरीन (५० किग्रा), प्रीति पवार (५४ किग्रा), परवीन हुडा (५७ किग्रा) र लवलीना बोरगोहेन (७५ किग्रा) सामेल छन्। यी सबैले गत वर्ष एशियन गेम्समा ओलम्पिक कोटा हासिल गरेकी थिइन्। पहिलो वर्ल्ड ओलम्पिक क्वालीफायरमा ५९० भन्दा अधिक बक्सरहरूले ५९ वटा कोटा स्थानको निम्ति प्रतिस्पर्धा गरिरहेका छन्। यस प्रतियोगितामा ओलम्पिक कोटा हासिल गर्न नसक्ने बक्सरहरूले ब्यांककमा २३ मईदेखि ३ जूनसम्म हुने दोस्रो ओलम्पिक क्वालीफायरको माध्यमले पेरिसको टिकट हासिल गर्ने मौका पाउनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement