दार्जिलिङ: दार्जिलिङको लेबोङ बदमताम समष्टिका अध्यक्ष साथै सभासद योगेन्द्र प्रधानलाई आज बेनकवर्ण मिडल शाखा अन्तर्गत पर्ने प्रगतिशील संघ अनि खहरे गाउँ सहायक समाजद्वारा सम्मान साथै बधाई स्वरुप सम्मान जनाइयो । जनताले नवनिर्वाचित सभासदबाट क्षेत्रको विकासको अपेक्षा साँच्दै सभासदलाई आगामी दिनहरुमा असल कार्यहरु गरेर लैजाने शुभकामना पनि व्यक्त गरे।










