जिल्लास्तरीय नार्को कर्डिनेसन सेन्टरको सभा सम्पन्न

n5892899341709735240506b4d0ca1aac5537b660cafda90576820b795c2a33c650701e2dc2f8edbdf38242.jpg

सोरेङ: प्रत्येक महिना आयोजना गरिने जिल्लास्तरीय नार्को कर्डिनेसन सेन्टरको एक सभा हिजो रूरवन कम्पलेक्समा सम्पन्न भयो। सोरेङ जिल्लाका जिल्लापाल हिस्से डी. योङदाको अध्यक्षतामा सम्पन्न भएको सभामा महकुमा अधिकारी, पुलिस अधिक्षक, लगायत विभिन्न अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकमा सोरेङ जिल्लामा लागु औषध दुव्र्यसन र नशालु पदार्थ नियन्त्रणका लागि गरेका प्रयासबारे समीक्षा गरियो। जिल्लापालले जिल्लामा लागु औषध दुव्र्यसनी गर्ने अनुमानित संख्या, गाँजा खेती विरुद्ध सम्बन्धित विभागले शुरू गरेको पहल, विद्यार्थी र युवाहरूलाई शिक्षित गर्न काउन्सिलरले शुरू गरेको विभिन्न प्रकारको कार्यहरूबारे जानकारी लिइन्। उनले सचेतना कार्यक्रम मार्फत केही सुधार आउन थालेको र दुर्व्यसन मुक्तिको अवस्थाबारे जानकारी गराईन्। उनले लागुऔषध दुरुपयोग र यसका हानिकारक परिणामहरू बारे सचेतना ल्याउन सरोकारवालाहरूले गरेको प्रयासको प्रशंसा गरिन्। यसबाहेक पनि उनले नशा मुक्त भारत अभियानद्वारा शुरू गरेको विभिन्न गतिविधिलाई समावेश गर्दै जसले लागू पदार्थको लत, दुरुपयोग, मद्पान र यस्तै उन्मूलन गर्ने लक्ष्य राखेको जानकारी गराइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement