खरसाङ: भारतीय जनता पार्टी तीनधारे शाखा साथै घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्य अजय विश्वकर्मद्वारा प्रधानमन्त्री नरेन्द्र मोदीलाई गोर्खाहरूको सपना पूरा गरिदिने मांगमा पत्रचार गरेका छन्। गोर्खाहरूको सपना पूरा गरिदिने मांगमा भारतीय जनता पार्टी तीनधारे मण्डलको अगुवाईमा एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्रीलाई पत्रचार गरिएको जानकारी गराएका छन्। उक्त भिडियो भारतीय जनता पार्टी घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्य अजय विश्वकर्म, पञ्चायत समिति सदस्या स्नेह बरदेवा, पञ्चायत सदस्य सुष्मिता गजमेर लगायत भाजपा तीनधारे शाखाबाट सुरेन बम्जन,दीपराज माझी, सागर दास, ईमानवेल राई आदि उपस्थित भएर जारी गरेका थिए। तीनधारेको घैयाबारी ग्राम पञ्चायत २ का पञ्चायत सदस्यहरू साथै पञ्चायत समिती सदस्य मिलेर प्रधानमन्त्री नरेन्द्र मोदीलाई पहाडको स्थायी समस्याको समाधान गर्न हेतु पत्रचार गरेका छन्। यस विषयमा भिडियो जारी गर्दै भारतीय जनता पार्टीको पञ्चायत सदस्य अजय विश्वकर्मले भने, प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाको सपना मेरो सपना भनी गोर्खाको आकांक्षा पूरा गर्छु भनेका थिए। यसैकारण हामीले भारत सरकार समक्ष पत्र प्रेषित गर्दै बिन्ती पोखेका छौं। उनले अघि भने, आज हामी भाजपाको तीनधारे मण्डल, पञ्चायत सदस्यहरू र पञ्चायत समितिको सदस्या भेला भएर देशको प्रधानमन्त्रीलाई पत्रचार गरेका छौं र यसको मुख्य उद्देश्य प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाहरूको सपना मेरो सपना भनेका थिए अनि हामी पनि त्यही सपनालाई लिएर आशा राखेका छौं तर अब गोर्खाहरूको सपना बिपनामा परिणत हुनुपर्छ। उनले पहाड़को स्थायी राजनैतिक समाधान साथै गोर्खाहरूको सपना बिपनामा परिणत हुनुपर्छ भनी मांग गरेका छौं।’