जीटीए स्तरीय क्रिकेट टुर्नामेन्ट: सिमलबारी र सोनादा सेमी फाइनलमा प्रवेस

photocollage_202436194221265.jpg

खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको जीटीए स्तरीय क्रिकेट टुर्नामेन्टको क्वाटर फाईनल खेल जित्दै सिमलबारी र एमब्रोस सोनादा सेमी फाइनलमा प्रवेस गरेको छ। आज भएको पहिलो क्वाटर फाईनल खेल सिमलबारी र राजीव ईलेभेनमाझ सम्पन्न भएको थियो। राजीव ईलेभेनले टस जितेर पहिला ब्याटिङ गर्दै ११ ओभर २ बलमा १०८ रन बनाएका थिए। सिमलबारीको पक्षमा विवेक शाहले ४, निमेसले १, रोहित र अमीतले १-१ विकेट लिएका थिए। १०९ रनको लक्ष्यलाई खेदो गर्दै सिमलबारीले ११ ओभर १ बलमा ८ विकेट गुमाएर ११० रन बनाएर दुई विकेटले खेल जितेर सेमी फाइनलमा प्रवेस गरेको छ। यस खेलको एघारौं ओभरमा २ विकेट लिन्दै मेडन ओवर गरेर खेल खेल राजीव ईलेभेनको पक्षमा गईसकेको थियो। तर बाह्रौं ओभरमा 26 रन खर्च गरिएपछि सिमलबारीले केवल २ विकेटले खेल जित्न सफल भएको थियो। यस खेलमा ४ विकेट लिने सिमलबारीको खेलाड़ी विवेक शाहलाई म्यान अफ् द म्याच चयन गरेर घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापाको बाहुलीबाट पारितोषिक प्रदान गरिएको छ। आजको अर्को क्वाटर फाईनल खेल युवराज ईलेभेन र एमब्रोस सोनादामाझ सम्पन्न भएको छ। यस खेलमा युवराज ईलेभेनले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएकोले पहिला ब्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा सोनादाले केवल ४ विकेट गुमाएर १८६ रन बनाएका थिए। सोनादाको पक्षमा जनम गुरुङले सर्वाधिक ६९ रन बनाएका थिए भने सरल महलले ४० र रिञ्छेन शेर्पाले ३९ रनको योगदान दिएका थिए। १८७ रनको लक्ष्यलाई खेदो गर्दै युवराज ईलेभेनले सबै विकेट गुमाएर १२ ओभर ४ बलमा १२७ रन मात्र बनाएको कारणले ६० रनले यो खेल जितेर सोनादा सेमी फाइनलमा प्रवेस गरेको छ। युवराज ईलेभेनको पक्षमा सर्वाधिक ६१ रन राहुल शर्माले बनाएका थिए। उनले छक्का प्रहार गर्दै केवल २९ बलमा अर्ध शतक बनाउँदै जम्मा ६२ रन बनाएका थिए। तर तिनी आउट हुनसाथ युवराज ईलेभेनको लगातार अन्तरालमा विकेट पतन हुनथाल्यो। सोनादाको पक्षबाट अभिनय थापाले ३, सचिन तामाङ, जनम गुरुङ र अरमानले २-२ अनि विशाल गुरुङले १ विकेट लिएका थिए। यस खेलमा ब्याटिङ गर्दै ६९ रन र बलिङमा २ विकेट लिने सोनादाको जनम गुरुङलाई म्यान अफ् द म्याच प्रदान गरिएको छ। उनलाई अतिथि पत्रकार हनोक थापाको बाहुलीबाट पारितोषिक प्रदान गरियो। अब आगामी ८ मार्चको दिन सम्पन्न हुने सेमी फाइनल खेल सिमलबारी र मिरिक अनि ग्लेनेरिज दार्जीलिङ र सोनादामाझ सम्पन्न हुने भएको छ।

आजको क्वाटर फाईनल खेल विषयमा पत्रकारहरूसित कुराकानी गर्दै नवज्योति संघको सदस्य भबेन तामाङले विस्तृत रूपमा बताएका छन्। उनले बताए अनुसार नवज्योति संघ चुनभट्टीको आयोजनामा गत २७ फरवरीदेखि तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको जीटीए स्तरीय क्रिकेट टुर्नामेन्टमा जम्मा २० वटा टिमहरूले अंश ग्रहण गरेका थिए भने यसको फाईनल खेल आगामी १७ मार्चको दिन हुने भएको छ। यस जीटीए स्तरीय क्रिकेट टुर्नामेन्टमा विजेतालाई आकर्षक ट्रफिसहित नगदराशि पचास हजार अनि उप विजेतालाई ट्रफिसहित तीस हजार प्रदान गरिने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement