सन्देशखालीका पीड़ित महिलाहरूकाे  प्रधानमन्त्री मोदीसॅंग भेट

PTI03-06-2024-000088B-0_1709715240519_1709715255893.jpg

काेलकाता: आज उत्तर २४ परगना जिल्लाको बारासातमा एक जनसभापछि, प्रधानमन्त्री नरेन्द्र मोदीले सन्देशखालीका पीड़ित महिलाहरूको एक समूहसॅंग भेट गरे।

भारतीय जनता पार्टीको प्रदेश एकाईकी महासचिव अग्निमित्रा पालले भनिन्, जनसभापछि प्रधानमन्त्रीले सन्देशखालीका केही महिलाहरूसॅंग भेट गरे। महिलाहरूले उनीहरूमाथि भएको अत्याचारको बारेमा प्रधानमन्त्रीलाई जानकारी गराए।

भाजपा सूत्रहरू अनुसार, प्रधानमन्त्रीलाई आफुमाथि घटेका घटनाहरू सुनाउने क्रममा महिलाहरू भावुक भएका थिए। प्रधानमन्त्रीले एक पिता सरह धैर्यपूर्वक उनीहरूको कुरा सुने। प्रधानमन्त्रीले पीड़ित महिलाहरूको दुःख बुझे।

उत्तर २४ परगना जिल्लाको सन्देशखालीमा तृणमूल कांग्रेसको निलम्बित नेता शाहजहॉं शेख र उनका साथीहरूमाथि महिलाहरूसॅंग यौन उत्पीडन गरेको र जमीन हडप गरेको आरोप छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement