पूर्वी चम्पारण: रक्सौल शहरसित टाँसिएको नेपालको पर्सा जिल्ला पुलिस कार्यालयका जवानहरूले बीरगंज महानगरपालिकाको वार्ड नम्बर १६ काे रजत जयन्ती चौकबाट प्रतिबन्धित औषधिसितै दुईजना महिलाहरूलाई पक्राउ गरेका छन्।
प्राप्त जानकारी अनुसार उपरोक्त दुवै महिला प्रतिबन्धित औषधिहरू लिएर भारतको रक्सौल शहरदेखि बीरगंज तर्फ गइरहेका थिए। यसैबीच शंका लागेर जाँच गर्ने क्रममा नेपाल प्रहरी चौकी इनर्वा एवं औषधि नियन्त्रण ब्यूरो शाखा पर्साको टीमले प्रतिबन्धित औषधिहरूलाई जफत गऱ्यो। समातिएका दुवै महिला पूर्वी चम्पारण जिल्लाको रामगढ़वा थाना क्षेत्रका बासिन्दा हुन्।
वीरगंज प्रहरी नायब उपनिरीक्षक कुमार विक्रम थापाले बताए, पहिलो महिलाबाट बुप्रेनर्फिन १४४ एम्पुल, डाईजेपाम १४९ एम्पुल एवं फेनार्गन १३१ एम्पुल अनि दोस्रो महिलाबाट बुप्रेनर्फिन १४८ एम्पुल, डाईजेपाम १४५ एम्पुल एवं फेनार्गन १४७ एम्पुल गरी मोठ ८७८ एम्पुल नामक नशालू औषधिहरू जफत गरिएको छ। यी महिलाहरूलाई हिरासतमा लिएर जाँचबुझ गरी यिनीहरूको फरवर्ड एवं ब्याकवर्ड लिंकेज बारे पत्त लगाउने प्रयास गरिँदैछ।









