ममता राजमा महिलाहरूको साथ घोर पाप भयो: मोदी

IMG-20240306-WA0159.jpg

काेलकाता: प्रधानमन्त्री नरेन्द्र मोदीले आज पश्चिम बंगालको बारासातमा ममता सरकारमाथि जमेर हमला गरे। उनले भने, पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीको राजमा नारी शक्तिमाथि अत्याचारको घोर पाप भएको छ। यसले गर्दा पूरा देशको टाउको लाजले निहुरिएको छ।

भाजपाको तर्फबाट बारासातमा आयोजित नारी शक्ति वन्दन अभिनन्दन कार्यक्रमलाई सम्बोधित गर्दै प्रधानमन्त्री मोदीले आरोप लगाए, तृणमूल कांग्रेस नेतृत्व सरकारले बंगालका महिलाहरूका आऱोपितहरूलाई बचाउन पूरा शक्ति लगाइरहेछ जबकि उसलाई उच्च न्यायालयदेखि लिएर सर्वोच्च न्यायालयसम्म झटका लागेको छ। यस व्यवहारले बंगालका महिलाहरू, देशका महिलाहरू आक्रोशित छन्। नारी शक्तिको आक्रोशको यो ज्वार यहाँसम्म नै सीमित रहनेछैन तर यो पूरा बंगालसम्म जानेछ।

उनले भने, यहाँका महिलाहरूले देशलाई दिशा दिएका छन् र माँ शारदा, भगिनी निवेदिता, मातंगिनी हाजरा र कल्पना दत्ता जस्ता अनगन्ती शक्ति स्वरूपा यहाँ अवतरित भएका छन् तर यही माटोमा तृणमूलको राजमा नारी शक्तिमाथि अत्याचारको घोर पाप भएको छ। सन्देशखालीमा जे भयो त्यसबाट लाजले कसैको पनि शिर निहुरिनेछ तर यहाँको सरकारलाई तपाईको दुःखसित कुनै सरोकार छैन।

उनले आरोप लगाए, राज्यका गरीब, दलित, वंचित र आदिवासी परिवारका दिदी-बहिनीहरूको साथ टीएमसी नेताहरूले ठाउँ-ठाउँ अत्याचार गरिरहेका छन् तर राज्य सरकारलाई आफ्नो अत्याचारी नेतामाथि विश्वास छ, बंगालका दिदी-बहिनीमाथि विश्वास छैन। उनले मुख्यमन्त्री ममता ब्यानर्जीको सरकारलाई उखेलेर फ्याँक्ने आह्वान गर्दै मानिसहरूलाई भोटको माध्यमले चोट दिनुपर्ने भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement