अगरतला: त्रिपुराका मुख्यमन्त्र डा. माणिक साहले मंगलबार भने, ‘भारत सरकारले विगत एक दशकदेखि उत्तरपूर्वीलाई हिंसामुक्त, विद्रोहमुक्त र द्वन्द्वमुक्त क्षेत्र बनाउन निरन्तर काम गरिरहेको छl’ भारत सरकार, त्रिपुरा सरकार र टिपरा मोथाबीच भएको त्रिपक्षीय सम्झौताको सन्दर्भमा मंगलबार त्रिपुरामा सभालाई सम्बोधन गर्दै डा. साहले यसरी बताएका हुन्। २ मार्चमा नयाँ दिल्लीमा केन्द्रीय गृहमन्त्री अमित शाहको उपस्थितिमा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको थियो। हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री डा. साह, आदिवासी कल्याणमन्त्री विकास देबवर्मा र सहकारमन्त्री शुक्लचरण नोटियाको उपस्थिति रहेको थियो। सम्झौतामा टिपरा मोथाका तर्फबाट प्रद्योतविक्रम माणिक्य देबवर्मा,विजयकुमार ह्रङ्ख्वाल र विपक्षी दलका नेता अनिमेश देबवर्माले हस्ताक्षर गरेका छन्। राज्य सरकारको तर्फबाट मुख्य सचिव जेके सिन्हा र केन्द्र सरकारको तर्फबाट भारत सरकारको गृह मन्त्रालयका अतिरिक्त सचिव पीयूष गोयलले हस्ताक्षर गरेका थिए।
‘भारत सरकारले उत्तरपूर्वीलाई हिंसामुक्त,विद्रोहमुक्त र द्वन्द्वमुक्त क्षेत्र बनाउन विगत दशकदेखि निरन्तर काम गरिरहेको छ। यस अवधिमा पूर्वोत्तरका विभिन्न संघसंस्थाका हजारौं मानिस हिंसाको बाटो छोडेर विकासको मूलधारमा सामेल भएका छन्। अहिलेको समयलाई हेरेर यो सम्झौता आवश्यक थियो। मलाई विश्वास छ कि यो सम्झौताले त्रिपुरालाई राम्रो त्रिपुरा,अझ राम्रो त्रिपुरा बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ’,डा. साहले भने। डा. साहले यस ऐतिहासिक सम्झौतालाई कार्यान्वयन गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री शाहप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै टिपरा मोथाका नेताहरुलाई बधाई दिएका छन्। ‘यस सम्झौताको उचित कार्यान्वयन र राज्यमा सौहार्दपूर्ण वातावरण कायम गर्न सम्बन्धित पक्षले सम्झौतामा हस्ताक्षर भएको मितिदेखि कुनै पनि प्रकारको आन्दोलन/प्रदर्शन गर्नबाट अलग रहनेछ। यो सम्झौतासँगै हामीले ‘एक त्रिपुरा, श्रेष्ठ त्रिपुरा’ र्फ अर्को कदम चालेका छौं’, उनले भने।









