राष्ट्रपति मुर्मूले गरिन् राष्ट्रपति निलयममा आगन्तुक सुविधा केन्द्रको उद्घाटन

nalayam_335-2.jpg

नयाँ दिल्ली: राष्ट्रपति द्रौपदी मुर्मूले बुधवार भर्चुल माध्यमले सिकन्दराबाद स्थित राष्ट्रपति निलयममा आगन्तुक सुविधा केन्द्र (वीएफसी) को उद्घाटन गरिन्। राष्ट्रपतिले यस अवसरमा भनिन्, राष्ट्रपति निलयममा एतिहासिक काठको झण्डाको १२० फीटको प्रतिकृति, जय हिन्द बावड़ी, भूलभुलैया उद्यान, नानीहरूको पार्क र रक गार्डनमा दिव्य शिव र नन्दीको मूर्तिहरू सहित आफ्नो देशको सांस्कृतिक समृद्धिमा डुब्की लगाउन विभिन्न एतिहासिक आकर्षण आगन्तुकहरूलाई सक्षम बनाइऱहेछ।

मानिसहरूलाई हाम्रो देशको समृद्ध विरासतसित जोड्न वीएफसी एक महत्वपूर्ण कदम हो। उनले विश्वास व्यक्त गरिन्, वीएफसीले सबै आगन्तुकहरूको निम्ति वन-स्टप सुविधाको रूपमा सेवा गरेर राष्ट्रपति निलयममा आगन्तुकको अनुभव बढ़ाउनेछ। उनले थप भनिन्, यी आकर्षणहरूलाई विकसित गर्नुको उद्देश्य युवा, उत्साही परिवर्तनकारीहरूको एक समुदायको पोषण गर्नु हो, जसले हाम्रो राष्ट्रको समृद्ध विरासतलाई अघि बढ़ाउनेछ। उनले सबै युवाहरूसित हाम्रो राष्ट्रको इतिहासलाई जान्ने र बुझ्ने अवसरको लाभ उठाउने आग्रह गरे। उनले सबैसित समृद्ध विरासतको संरक्षण र खुशियाली जारी राख्दै देशको एकता र विकासप्रति आफ्नो प्रतिबद्धता दोहोराउने आग्रह पनि गरिन्।

यस अवसरमा उपस्थित गणमान्य व्यक्तिहरूमा तेलङ्गानाका राज्यपाल डा. तमिलिसाई सौन्दर्यराजन, तेलङ्गाना सरकारका परिवहन मन्त्री पोन्नम प्रभाकर, राष्ट्रपति सचिवालय र एनआईसीका अधिकारी उपस्थित थिए।

उल्लेख्य, राष्ट्रपतिको दक्षिणी प्रवासलाई छोड़ेर राष्ट्रपति निलयम पूरा वर्ष आम जनताको निम्ति खुल्ला रहन्छ। आगन्तुकले https://visit.rashtrapati bhavan.gov.in को माध्यमले आफ्नो स्लट अनलाइन बुक गर्नसक्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement