”माथिया’’ पुरस्कार डा. पूर्णनारायण सिन्हालाई प्रदान गरिने

FB_IMG_1709722062779.jpg

तेजपुर(असम): ऑल मंडई पीपुल्स एसोसिएशनकाे पाँचौँ वार्षिक सम्मेलनको अवसरमा मंडई भाषामा ‘द लिडर’ भन्ने ‘’माथिया’’ पुरस्कार २०२४,  स्वर्गीय डा. पूर्णनारायण सिन्हालाई मरणोपरान्त प्रदान गरिने भएको छ। तेजपुर निवासी डा. सिन्हा एक वकिल, समाजसेवी, पत्रकार, संसद सदस्य र ट्रेड युनियनवादीका रुपमा प्रसिद्ध थिए। अवार्ड समारोह मार्च ११ मा मेघालयको पूर्वी खासी हिल्सस्थित पथ्रोघाटको खामलाईमा हुने भएको छ। बुवाको तर्फबाट स्वर्गीय डा पूर्णनारायण सिन्हाका छोरा डा पर्शमोनि सिन्हाले उक्त पुरस्कार पाउने ऑल मंडई पीपुल्स एसोसिएशनका अध्यक्ष प्रताप बर्मनले जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement