महिला यूरो कपमा ईंग्ल्याण्ड च्याम्पियन

IMG-20220801-WA0133.jpg

१ अगस्तः ईंग्ल्याण्डले अतिरिक्त समयसम्म चलेको म्याचमा जर्मनीलाई २-१-ले पराजित गरी महिला यूरोपेली च्याम्पियनशीप (यूरो कप २०२२) फूटबल प्रतियोगिताको खिताब जित्यो। म्याच रोमाञ्चक मोड़मा रहेको समय चोले केलीले ११०औं मिनटमा ईंग्ल्याण्डलाई बढ़त दिलाए।

अन्तमा त्यही २-१-को बढ़त निर्णायक साबित भयो। केलीको गोलअघि ईंग्ल्याण्डका खेलाड़ीहरूलाई निक्कै थकित देखिएको थियो अनि उनीहरूलाई जर्मनीका स्थानापन्न (सब्स्टीट्यूड) खेलाड़ीहरू अघि संघर्ष गरिनु परिरहेको थियो।

निर्धारित समयसम्म म्याच १-१-को बराबरीमा रहेको थियो। नियमित समयमा ईंग्ल्याण्डबाट इला टुनेले ६२औं मिनटमा गोल गरिन्। यसरी नै जर्मनीबाट लिना मागुलले ७९औं मिनटमा बराबरीको गोल छिराइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *