सिलगढी: पानीट्याङ्की आउटपोस्ट पुलिसले आग्नेयास्त्र, जिउँदो कार्तुस सहित दुइजना बदमाशलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका आरोपीहरूको नाम गौतम विश्वास (३०) र पंकज तालुकदार (२४) बताइएको छ। गौतम विश्वास पुलिसको लिस्टमा पुरानो अपराधी हो भने पंकज तालुकदार उर्फ साधु रिक्शा चालक हुन्। पंकजले दिउँसो रिक्शा चलाउने क्रममा सहरको विभिन्न ठाउँमा नजर राख्ने गर्दथ्यो अनि राति आफ्नो साथीसित मिलेर चोरी तथा छिनतई गर्ने गरेको बताइएको छ।

पुलिस सूत्रले दिएको जानकारी अनुसार गत राति पानीट्याङ्की आउटपोस्ट पुलिसले पेट्रोलिङ अवधि सिलगढीको १० नम्बर वार्डको सूर्यसेन पार्क पछिल्तिर दुईजना युवकलाई देखेपछि तिनीहरूसित सोधखोज गर्दा पुलिसलाई सन्देह लाग्यो। यसपछि पुलिसले छानबीन गर्दा एउटा आग्नेयास्त्र, एक राउण्ड जिउँदो कार्तुस उद्धार गरेपछि दुवैलाई पक्राउ गरेको बताइएको छ।