नयाँ दिल्ली: दक्षिण अफ्रिकाकी पेस बलर शबनीम इस्माइलले महिला क्रिकेटमा अहिलेसम्मको सबैभन्दा तेज बल फ्याँकेर इतिहास रचिन्। बलको गति नाप्ने मशीन स्पीड गन-को आगमनपछि यो पहिलो अवसर हो जब महिला क्रिकेटमा कुनै बलरले १३० किमी प्रति घण्टाभन्दा अधिकको गतिमा बलिंग गरिन्। महिला प्रीमियर लीग (डब्ल्यूपीएल)-मा मुम्बई इण्डियन्सबाट खेल्दै इस्माइलले यहाँ दिल्ली क्यापिटल्स विरुद्ध म्याचमा १३२.१ किमी (८०.०८ माईल) प्रति घण्टाको गतिमा बलिंग गरी नयाँ रेकर्ड बनाइन्। महिला क्रिकेट इतिहासको सबैभन्दा तेज बलले अष्ट्रेलियाकी पूर्व कप्तान मेग लेनिंगकी प्याडमा लाग्यो। मंगलवार खेलिएको म्याचको तेस्रो ओभरको दोस्रो बलमा इस्माइलले यस विशेष उपलब्धिलाई हासिल गरिन्। मुम्बई इण्डियन्सकी खेलाड़ीहरूले एलबीडब्ल्यूको निम्ति अपील पनि गरिन् तर अम्पायरले त्यसलाई खारेज गरे। दक्षिण अफ्रिकाको तर्फबाट गत ८ वटा वर्ल्ड कपमा हिस्सा लिने इस्माइलले गत वर्ष घरेलु माटोमा खेलिएको यस प्रतियोगितापछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएकी थिइन्। यसअघि उनले २०१६-मा वेष्ट इण्डिज विरुद्ध पनि १२८ किमी प्रति घण्टाको गतिमा बलिंग गरेकी थिइन्। उनले २०२२ महिला वर्ल्ड कपको अवधि पनि दुईपल्ट १२७ किमी प्रति घण्टाको गतिमा बलिंग गरेकी थिइन्। महिला क्रिकेटमा यसअघि सबैभन्दा तेज गतिमा बलिंगको रेकर्ड अष्ट्रेलियाकी अलराउण्डर एलिस पेरीकी नाममा रहेको थियो, जसले १३० किमी प्रति घण्टाको गतिमा बलिंग गरेकी थिइन्।









