प्रीमियर लीगमा आर्सनलको ठूलो जीत

IMG-20240306-WA0141.jpg

लण्डन: ईंग्लिश प्रीमियर लीगको जारी सीजनमा अन्तिम स्थानमा रहने शेफील्ड युनाइटेडलाई ६-०-ले पिटेर आर्सनलले आफूलाई खिताब जित्ने दौड़मा कायम राख्यो। लीगमा आर्सनलको यो लगातार सातौं जीत हो। मंगलवार राति यस अवे म्याचमा ८१ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलले विपक्षी टीमलाई शीर उठाउने मौका नै दिएन। खेलमा एक घण्टा पनि नभइ आर्सनलले आधा दर्जन गोल हासिल गरिसकेको थियो, जसमा ५ वटा गोल त मध्यान्तर अघि नै दर्ता गरिएको थियो। टीमको निम्ति मार्टिन ओडेगार्डले पाँचौं मिनटमा गोलको खाता खोले जबकि शेफील्ड युनाइटेडका डिफेण्डर जेडन बोग्लेले १३औं मिनटमा आत्मघाती गोल गर्दा आर्सनलको बढ़त दोब्बर भयो। त्यसपछि गेब्रिएल मार्टिनेल्लीले १५औं, काई हावेर्त्जले २५औं र डेकलान राइसले ३९औं मिनटमा गोल गरी स्कोर ५-० पुऱ्याए।

त्यसपछि बेन व्हाइटले ५८औं मिनटमा अझ एक गोल गर्दा आर्सनल ६-०-ले विजयी भयो। यस एकतर्फी जीतको साथ आर्सनल २७ वटा म्याचमा ६१ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको तेस्रो स्थानमा कायम रह्यो। अहिले उनीहरूसँग शीर्षमा रहने लिभरपूलभन्दा २ र दोस्रो स्थानमा रहने म्यानचेष्टर सिटीभन्दा केवल १ पोइण्ट कम्ती रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement