अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरे नदीमले

IMG-20240305-WA0239.jpg

नयाँ दिल्ली: झारखण्डका देब्रे हातका स्पिनर शाहबाज नदीमले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए। प्रथम श्रेणीको क्रिकेटमा ५०० भन्दा अधिक विकेट लिने नदीमले भने, म लामो समयदेखि आफ्नो सन्न्यासबारे फसेला गर्ने विचार गरिरहेको थिए अनि अब म खेलको तीनैवटा प्रारूपबाट सन्न्यास लिइरहेको छु। यस खेलमा तपाईंले आफूलाई सर्वश्रेष्ठ प्रदर्शन गर्नको निम्ति सदा प्रेरित गर्नु पर्छ । म यस कुरामा विश्वास गर्छु। अहिले मलाई भारतीय टीममा मौका प्राप्त हुन नसक्ने थाहा लागिसकेको छ। यसैकारण युवा क्रिकेटरहरूलाई मौका दिन चाहन्छु। यसको साथमा म विश्वभरि टी२० लीगहरूमा खेल्ने योजना बनाइरहेको छु। नदीमले भारतको निम्ति दुईवटा टेस्ट म्याच खेलेका थिए। उनले २०१९-मा राँचीमा दक्षिण अफ्रिका विरुद्ध पदार्पण गरेका थिए। त्यस म्याचमा उनले चार विकेट हासिल गरेका थिए। त्यसपछि उनले २०२१-मा ईंग्ल्याण्ड विरुद्ध अझ एउटा टेस्ट खेल्ने मौका पाएका थिए। यसको साथमा उनले आईपीएलमा दिल्ली डेयरडेविल्स र सनराइजर्स हैदराबादको तर्फबाट ७२ वटा म्याच खेले। उनले प्रथम श्रेणीको क्रिकेटमा १४० वटा म्याचमा २८.८६-को औसतले जम्मा ५४२ विकेट लिएका छन्। यसबाहेक उनले लिस्ट ए-मा १७५ र टी२०-मा १२५ विकेट लिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *