गान्तोक: राज्य प्रदूषण नियन्त्रण बोर्ड सिक्किमको पहलमा बायो मेडिकल वेस्ट मेनेजमेन्ट रूल्स २०१६ अन्तर्गत बायो मेडिकल वेस्ट मेनेजमेन्टमाथि एक दिवसीय सचेतना एवम प्रशिक्षण कार्यक्रम आयोजचना गरियो। देउरालीस्थित सिदेकु तुलकु प्रेक्षागृहमा आयोजित कार्यक्रममा सदस्य सचिव डा. गोपाल प्रधानको उपस्थितिमा सम्पन्न भएको थियो, जसमा मुख्य वैज्ञानिक अधिकारी बीके छेत्री, वातावरणीय कार्यकारी अभियन्ता रञ्जन राई लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा ५३ जना निजी स्वास्थ्य सेवा सुविधाबाट पनि सहभागिता जनाइएको थियो। बायोमेडिकल वेस्ट व्यवस्थापन नियम, २०१६ को प्राविधिक र कानुनी पक्षहरूबारे कार्यक्रममा छलफल गरिनको साथै बायोमेडिकल फोहोर व्यवस्थापन र स्वास्थ्यकर्मीहरूले सामना गर्ने व्यावहारिक चुनौतीहरू सम्बन्धी विभिन्न विषयहरूमा अन्तरक्रिया पनि आयोजना गरिएको थियो।