विद्यार्थी युवा महोत्सव २०२३-२०२४ का विजेताहरुलाई सम्बर्द्धना

Screenshot_20240305_195204_WhatsApp.jpg

दार्जीलिङ: गत फरवरी २३ अनि २४, २०२४ को दिन कोलकातामा आयोजित राज्य स्तरीय विद्यार्थी युवा महोत्सव २०२३-२०२४ मा जीटीएलाई प्रतिनिधित्व गर्दै क्षेत्रका विद्यार्थीहरूले भाग लिएका थिए। उत्सवमा आयोजित साँस्कृतिक प्रतियोगितामा (ट्राइबल नृत्य अनि लोक नृत्य) जीटीएका युवाहरूले प्रथम पुरस्कार प्राप्त गरेका थिए।
लालकोठीको एक भेटघाट कार्यक्रममा सभासद कल्पना प्रधान अनि खेलकूद विभागका एक्जिक्युटिभ डिरेक्टर अरिजित मित्रले विजेताहरुलाई सम्बर्द्धना चढाएका छन्। उनीहरूको हौसला बढाउँदै खादा अर्पण साथै एक स्मृति चिन्ह प्रदान गरिएको छ। यस अवसरमा कार्यकारी सभासद कल्पना प्रधानले भनिन्, “नानीहरूले जीटीएलाई प्रतिनिधित्व मात्र गरेनन् तर पुरस्कार जितेर जीटीएलाई गौरवान्वित बनाएका छन्। नानीहरूलाई बधाई दिनु चाहन्छु।”

एकल लोक नृत्यमा रञ्जिता थापाले प्रथम पुरस्कार पाए भने सामूहिक ट्राइबल नृत्यमा २० जनाको समूह रहेको थियो। कोलकोतामा सम्पन्न भएको कार्यक्रममा प्रथम पुरस्कार जित्ने जीटीए क्षेत्रका २० जना विद्यार्थीहरू रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement