सोनादा: सोनादा पचेङ समष्टि अन्तर्गत विभिन्न गाउँहरुको दीर्घ दिनदेखि निर्माण हुनु पर्ने सडकहरुको निर्माण कार्य दार्जीलिङ इञ्जिनियरिङ विभाग जीटीएबाट अनुमोदित भएपछि आज कुल १६ वटा बाटोहरुको सामुहिक रुपमा एक कार्यक्रमबीच विधिवत शिलान्यास गरिएको छ। सोनादाको न्यु लाइट भवनमा सम्पन्न भएको कार्यक्रममा सभापति सोनाम लामा रहेका थिए भने समष्टि सभासद अनोस थापा, जोरबंगलो- सुकियापोखरी खण्ड सभापति सोना डोना डुक्पा, सहकारी सभापति मनखुस राई, समष्टि सचिव सुकदेव राई, केन्द्रीय समिति सदश्य सुमन बम्जन, नारी शक्ति सभानेत्री तथा ग्राम पञ्चायत-१ प्रधान बैज्यन्ती तामाङ, उप प्रधान तथा सदस्यगण, समष्टि क्षेत्रभित्रका प्रधान, उप प्रधान, सदस्यगण, पञ्चायत समिति सदस्य, कर्म अध्यक्ष बबिन्द्र राई, समष्टि प्यारेन्ट बडी, युवा शक्ति सभापति सचिव भुवन सुब्बा, किरण राई, नारी शक्ति कार्यकारीगण, भात्री संगठनका प्रतिनिधिगण, विभिन्न शाखा प्रशाखाका प्रतिनिधिगण, डिईडि विभाग एस ए ई श्रीमती पदमा प्रधान, विकास गुरुङ, आदिको विशेष उपस्थिति रहेको थियो। सोनादाको विभिन्न गाउँहरुको आवश्यकताहरुमध्ये एक राम्रो बाटोहरुको निर्माण रहेको छ र समष्टि सभासद अनोस थापाले यस कुरालाई बुझेर समष्टिमा राम्रो बाटो/ सडकहरु बनाउन् समय लाएर एउटा रुपरेखा तयार पारेको बताइएको छ। त्यसैको फलस्वरुप समष्टि क्षेत्रको प्राय बाटोहरु कुल सोह्रवटा गाउँको निम्ति बाटोको निर्माण हुने भएको छ जुन समष्टिको निम्ति ठूलो उपलब्धि हुने भएको बताइएको छ।









