सिलगढी: डाय इन हार्नेस योजना अन्तर्गत जीटीए क्षेत्रका ३२ जनालाई प्राथमिक शिक्षकको नियुक्ति पत्र प्रदान गरिएको छ। सिलगढीको पिन्टेल भिलेजमा आयोजित एक कार्यक्रममा डाय इन हार्नेस योजना अन्तर्गत जीटीए क्षेत्रका ३२ जनालाई प्राथमिक शिक्षकको नियुक्ति पत्र प्रदान गरिएको छ। नियुक्ति पत्र पाउनेहरुमा दार्जीलिङ जिल्लाका २८ जना अनि कालेबुङ जिल्लाका ४ जना रहेका थिए। नियुक्ति पत्र जीटीए चिफ् अनित थापा, कालेबुङ अनि दार्जीलिङ शिक्षा बोर्डका सदस्यहरूको उपस्थितिमा प्रदान गरिएको थियो। नियुक्ति पत्र प्रदान समय अनित थापाले भने, “डाय इन हार्नेस योजना अन्तर्गत जजसले नौकरी पाएका छन् त्यो उसको अधिकार हो। शिक्षकको नौकरी पाउँनु भएको छ, आफ्नो काम उत्तरदायित्व राम्ररी निभाउनु।”
दार्जीलिङ जिल्ला शिक्षा बोर्डका अध्यक्ष तिलकचन्द रोकाले भने, ” यति छोटो समयमा हामीले डाय इन हार्नेस अन्तर्गत नियुक्ति दिनु सक्यौं त्यसको श्रेय जीटीए चिफ अनित थापालाई जान्छ। शिक्षा विभागका डी आइ हरूले दिनरात काम गरेर हाम्रो पहललाई सफल पार्नु भयो। दार्जीलिङ जिल्लाका 28 जनालाई नियुक्ति दिनु सफल भएका छौ।”
रोकाले टेट परीक्षा विषय बोल्दै भने, “२०२१ को टेटको फाइल हामीले हेर्यौं। सबै कुरा ठीक पाएका छौ। टेटको परीक्षा फेक कदापि होइन। हामीले यस माथि पनि कार्य सुरु गरिसकेका छौ। आगामी जुन महिना भित्र टेट परीक्षाको प्रक्रिया पनि पूरा हुनेछ।”

कालेबुङ जिल्ला शिक्षा बोर्डका अध्यक्ष सेन्दुप लामाले भने “फेब्रुअरी महिनामा जिल्ला बोर्डको अभिभारा सम्हाले पछि हामीलाई डाय इन हारनेस अन्तर्गत हुनुपर्ने नियुक्तिलाई प्राथमिकता दिएर कार्य गर्नुपर्ने निर्देश रहेको थियो। हाम्रो तर्फबाट काम भई सकेको थियो। तर नियुक्ति पाउनु पर्ने व्यक्तिहरुको नै दस्तावेज पूर्ण हुनु नसकेको कारण नियुक्ति दिनुमा अलिक ढिलो भएको हो। “
लामाले थप भने, “कालेबुङ जिल्लाको निम्ति यो नियुक्ति ऐतिहासिक हो कारण आज प्रथम पल्ट जिल्ला शिक्षा बोर्डले नियुक्ति पत्र प्रदान गरिरहेको छ।

पश्चिम बंगाल श्रम विभाग सरकारको ३ डिसेम्बर, २०१३
अधिसूचना अनुसार डाय इन हारनेस योजना सरकारी कर्मचारीको आश्रित परिवारको सदस्यलाई लागू हुने योजना हो यदि कर्मचारीको सेवामा हुँदा मृत्यु भएको; वा सरकारले गठन गरेको मेडिकल बोर्डबाट स्थायी रूपमा असक्षम घोषित भई समयअघि नै सेवामा निरन्तरता दिन अयोग्य भई स्थायी रूपमा असक्षम वा अन्य कुनै प्रकारले असक्षम भएको छ। “आश्रित परिवार सदस्य” को अर्थ जीवनसाथी वा छोरा (मृत्यु वा असक्षमता अघि कानुनी रूपमा धर्मपुत्र सहित); वा अविवाहित छोरी (मृत्यु वा अशक्तता अघि कानुनी रूपमा धर्मपुत्र अविवाहित छोरी सहित); वा विवाहित छोरी जो मृत्युको मितिमा वा असक्षमतामा अविवाहित थियो; वा दाजुभाइ वा दिदीबहिनी अविवाहित कर्मचारीको हानिमा मृत्यु भएमा उसको आमाबाबु, सबै दाजुभाइ दिदीबहिनीहरू पूर्ण रूपमा उनीमाथि निर्भर थिए।









