जीटीए स्तरीय क्रिकेट टुर्नामेन्ट: मिरिक र दार्जीलिङ सेमी फाइनलमा प्रवेस

photocollage_20243519424859.jpg

खरसाङ: तीनधारेको मिठाईडाँड़ा खेल मैदानमा भईरहेको जीटीए स्तरीय क्रिकेट टुर्नामेन्ट अन्तर्गत आजदेखि क्वाटर फाईनल खेल शुरु भएको छ। आज भएको पहिलो क्वाटर फाईनल खेल मिरिक र गैरी गाउँ तीनधारेमाझ सम्पन्न भएको छ। यस खेलमा मिरिकले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा पाँच विकेट गुमाएर १८३ रन बनाएका थिए। मिरिकको पक्षमा रोहण गुरुङले सर्वाधिक ५५ रन र रितेस छेत्रीले ४६ रन बनाएका थिए। जवाबमा गैरी गाउँ तीनधारेले निर्धारित १५ ओभरमा ६ विकेट गुमाएर १३१ रन बनाएका थिए। गैरी गाउँको पक्षमा दिवसले सर्वाधिक ३४ रन बनाएका थिए भने मरिकिको खेलाड़ी राज तामाङले ३ विकेट लिएका थिए। यस खेलमा मिरिकका रोहण गुरुङलाई म्यान अफ् द म्याच चयन गरिएको थियो। त्यसरी नै दोस्रो क्वाटर फाईनल खेलमा लिंकन क्लब सिपाहीधुराले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेकोले ग्लेनेरिस दार्जीलिङले पहिला ब्याटिङ गर्दै निर्धारित पन्ध्र ओभरमा सात विकेट गुमाएर १०५ रन मात्र बनाएको थियो। दार्जिलिङको पक्षबाट सञ्जय प्रधानले सर्वाधिक ३४ रन बनाएको थियो। यस टुर्नामेन्टको सबैभन्दा कम्ती स्कोरलाई खेदो गर्दै लिंकन क्लब सिपाहीधुराले १५ ओभरमा ८ विकेट गुमाएर केवल ९६ रन मात्र बनाउन सकेको थियो। त्यसैले दार्जीलिङले यो खेल ९ रनले जित्न सफल भएको छ। यस खेलमा दार्जीलिङको सञ्जय प्रधानलाई म्यान अफ् द म्याच चयन गरिएको छ। आजको खेलमा अतिथिको रुपमा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत समिति सदस्य साजन दर्जी उपस्थित रहेका थिए।

अब भोलि हुने दुईवटा क्वाटर फाईनल खेल सिमलबारी र राजीव ईलेभेनमाझ अनि अर्को खेल युवराज ईलेभेन र सोनादामाझ सम्पन्न हुने भएको छ। आजको क्वाटर फाईनल खेल विषयमा पत्रकारहरूसित कुराकानी गर्दै नवज्योति संघको पक्षबाट रञ्जित थापाले विस्तृत रूपमा बताएका छन्।

About Author

Advertisement