लोकसभा अध्यक्ष ओम बिरलाले फालाकाटामा भाजपा नेताहरूसित गरे भेट

om_450.jpg

अलिपुरद्वार: लोकसभा अध्यक्ष ओम बिरलाले निजी भ्रमणमा कुचबिहार जाने क्रममा मंगलवार अपरान्ह फालाकाटामा केही क्षण विश्राम गरेर स्थानीय भाजपा नेताहरूसित भेट गरे। स्थानीय विधायक दीपक बर्मनले फूलगुच्छा प्रदान गरी उनलाई स्वागत जनाए। यस अवधि भाजपाका फालाकाटा नगर मण्डल अध्यक्ष चन्द्रशेखर सिन्हा सहित शाखाका अन्य नेताहरू उपस्थित थिए। विधायक दीपक बर्मनले बताए, स्पीकर ओम बिरला निजी दौड़ाहमा कुचबिहार गइरहेका छन्। फालाकाटा १७ नम्बर राष्ट्रिय राजमार्गमा उनले भाजपा नेताहरूसित संक्षिप्त शिष्टाचार भेट गरे जहाँ उनलाई अभिनन्दन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement