लामो प्रतिक्षापछि बारीभाषा भीआईपी सडककाे मर्मत

Capture4-4.png

सिलगढी: लामो प्रतिक्षापछि बारीभाषा भिआइपी रोड अन्ततः मर्मत हुने भएको छ। यो सडक लामो समयदेखि जीर्ण अवस्थामा थियो। सडक मर्मतको माग गर्दै स्थानीयले पटकपटक सडक अवरुद्ध गरेका थिए। अन्ततः आज एसजेडिए अध्यक्ष सौरभ चक्रवर्तीले सडक मर्मतको शिलान्यास गरे। सो क्रममा एसजेडीएका उपाध्यक्ष दिलीप दुग्गर, एसजेडीए सदस्य गौतम गोस्वामी, एसजेडीए सदस्य तथा वडा पार्षद रञ्जन शील शर्मालगायतको उपस्थिति रहेको थियो। जबराभिटा अन्डरपासदेखि भावेशमोड पेट्रोल पम्पसम्म करिब १४ सय मिटर सडक र एकतर्फ नाली निर्माण गरिने बताइएको छ। यसबाट क्षेत्रका जनता खुसी छन्। एसजेडीएका अध्यक्ष सौरभ चक्रवर्तीले यो सडकको काम थालिसकेको बताए। स्थानीय विधायक र उनका मान्छेले सो सडकको काम रोकेका थिए। जसका कारण सडक मर्मत हुन सकेको छैन। यसैबीच विधायक शिखा चटर्जीले एसजेडीए अध्यक्षले फोहोरी राजनीति गरिरहेको बताइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *