जेफ बेजोस फेरि विश्वको सबैभन्दा धनी व्यक्ति

bezos-1.jpg

नयाँ दिल्ली: टेस्ला प्रमुख एलन मस्कलाई पछार्दै जेफ बेजोस फेरि विश्वका सबैभन्दा धनी व्यक्ति भएका छन्। विश्वका सबैभन्दा धनी व्यक्तिहरूको सूचीमा लामो समयसम्म पहिलो स्थानमा नाम ओगट्न सफल मस्कको यो ताजलाई हत्याउन जेफ बेजोस सफल भएका छन्।

बेजोस २००.३ अरब डलरको सम्पत्तिसितै पहिलो स्थानमा छन् भने मस्क १९७.७ अरब डलरको सम्पत्तिसितै दोस्रो स्थानमा पुगेका छन्।

ब्लूमबर्ग बिलियनेयर्स इण्डेक्सको रिपोर्ट अनुसार दुनियाँका सबैभन्दा धनाढ्य जेफ बेजोस २००.३ बिलियन डलरको सम्पत्ति सहित टपमा छन् भने एलन मस्क १९७.७ अरब डलरको सम्पत्तिसितै दोस्रो स्थानमा पुगेका छन्। यसपूर्व निरन्तर नौ महिनासम्म एलन मस्क दुनियाँका सबैभन्दा धनी व्यक्तिको रूपमा कायम थिए। यसरी नै धनाढ्य भारतीय व्यापारी मुकेश अम्बानी ११औं स्थानमा छन्।

मुकेश अम्बानीको सम्पत्ति ब्लूमबर्ग बिलेनियर इण्डेक्स अनुसार ११५ अरब डलर छ। उनले यस वर्षको अहिलेसम्ममा १८.२ अरब डलरको सम्पत्तिलाई आफ्नो नेटवर्कमा जोड़िसकेका छन्। यसरी नै भारतका अर्का धनाढ़्य व्यापारी गौतम अडानी यस सूचीमा १२औं स्थानमा छन् भने उनीसित हात १०४ अरब डलरको नेटवर्क छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *