आज नाम्चेबुङमा नवनिर्मित ध्यान केन्द्र एवं मानव धर्म मन्दिरकाे  उद्घाटन

IMG-20240303-WA0243.jpg

गान्तोक: पूर्व सिक्किमको पाकिम जिल्ला अन्तर्गत नाम्चेबुङमा नवनिर्माण गरिएको मानव उत्थान सेवा समिति, सिक्किमको ध्यान केन्द्र एवं मानव धर्म मन्दिर को उद्घाटन आज (मंगलवार) भइरहेको छ।

मानव धर्मका प्रणेता सतपाल महाराजको विशेष उपस्थितिमा सिक्किम सरकारका मुख्यमन्त्री प्रेमसिंह तामाङले ध्यान केन्द्र एवं मानव धर्म मन्दिर को उद्घाटन गर्नेछन्।

एक दशमलव चौबीस हेक्टर भूमिमा निर्माण गरिएको ध्यान केन्द्र एवं मानव धर्म मन्दिर एउटा सत्सङ्ग तथा मेडिटेशन हल, पुस्तकालय, आयुर्वेदिक औषाधलय, भोजनालय, अतिथि आवास आदिको निर्माण गरिएको छ। सिक्किम सरकारको संस्कृति विभागको अनुदानमा ध्यान केन्द्र एवं मानव धर्म मन्दिर को निर्माण गरिएको हो।

उद्घाटन समारोहमा सिक्किम राज्य लगायत छिमेकी पहाड दार्जीलिङ, तराई, डुवर्स आदि क्षेत्रबाट ठुलो सङ्ख्यामा मानव धर्मका अनुयायीहरुको उपस्थिति रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement