ब्याडमिण्टन खेलाड़ी बी साई प्रणीतद्वारा सन्न्यासको घोषणा

IMG-20240305-WA0139.jpg

नयाँ दिल्ली: भारतका स्टार ब्याडमिण्टन खेलाड़ी बी साई प्रणीतले खेलबाट सन्न्यासको घोषणा गरे। केवल ३१ वर्षको उमेरमा उनले आफ्नो करियरमा विराम लगाएर प्रशंसकहरूलाई चकित पारे। प्रणीतले २०१९-मा वर्ल्ड च्याम्पियनशीपमा काँस्य पदक जितेर इतिहास रचेका थिए। उनी ३६ सालपछि यस उपलब्धिलाई हासिल गर्ने पहिलो भारतीय बनेका थिए। त्यसअघि १९८३-मा प्रकाश पादुकोणले वर्ल्ड च्याम्पियनशीपमा काँस्य पदक जितेका थिए। हैदराबादको यस स्टार खेलाड़ीले आफ्नो असाधारण करियरलाई समाप्त गर्ने घोषणा सोशल मीडियाको माध्यमले गरे। प्रणीतले लेखेका छन्, मिश्रित भावनाको साथ आज म यस खेलबाट सन्न्यासको घोषणा गरिरहेको छु, जुन २४ सालभन्दा अधिक समयदेखि मेरो जीवनधारा रहेको छ। आउँदो महिनादेखि प्रणीतले आफ्नो करियरमा नयाँ शुरुवात गर्नेछन्। उनलाई अमेरिकाक ट्रायंगल ब्याडमिण्टन एकाडमीमा मुख्य प्रशिक्षकको रूपमा कार्य गरिरहेको देखिनेछ। उनले लेखेका छन्, अहिले जब म एउटा नयाँ अध्यायको शुरुवात गर्न गइरहेको छ, म स्वयंलाई त्यस यात्राको निम्ति कृतज्ञ पाउँछु जसले मलाई यहाँसम्म पुऱ्यायो। ब्याडमिण्टन मेरो पहिलो माया हो। यस खेलले मलाई सदा दियो। मेरो चरित्रलाई आकार र मेरो अस्तित्वलाई उद्देश्य दियो। हामीले जति पनि यादहरू साझा गऱ्यौं अनि जति पनि चुनौती पार गऱ्यौं, त्यो सदा मेरो हृदयमा अंकित रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement