नयाँ दिल्ली: ओलम्पिक काँस्य पदक विजेता साक्षी मलिकले प्रतिस्पर्धी कुश्तीमा फर्किने सम्भावनालाई खारेज गर्दै राष्ट्रिय महासंघका पूर्व प्रमुख बृजभूषण शरण सिंह विरुद्ध कथित यौन उत्पीड़नको मामिलामा लामो समयसम्म विरोध प्रदर्शनले उनी मानसिक रूपले थकित भएको बताइन्। गत वर्ष दिसम्बरमा बृजभूषणका घनिष्ट सञ्जय सिंह भारतीय कुश्ती महासंघ (डब्ल्यूएफआई)-को चुनाउमा अध्यक्ष चयन गरिएपछि साक्षीले प्रेस कन्फ्रेन्समा खेलबाट सन्न्यासको घोषणा गरेकी थिइन्। उनले ओलम्पिक काँस्य पदक विजेता बजरंग पूनिया र विनेश फोगाटसँग बृजभूषणलाई पदबाट हटाउने अनि पक्राउ गरिनु पर्ने मागको साथ महिनौसम्म विरोध प्रदर्शन गरेकी थिइन्। साक्षीले भारतमा मी टू अभियानको प्रभावमाथि चर्चाको निम्ति एउटा प्यानल चर्चामा भनिन्, एक सालभन्दा अधिक समय भइसकेको छ। अत्याधिक मानसिक दबाउ रहे पनि हामी हरसम्भव तरिकाले यस विरोध प्रदर्शनलाई सफल बनाउने प्रयासमा जुटेका छौं। यसैकारण कुश्ती जारी राख्न सक्ने छुइनँ।
साक्षीले भनिन्, मलाई भारतको निम्ति खेल्दै ओलम्पिक काँस्य पदक प्राप्त भयो अनि म जूनियर खेलाड़ीहरूले पनि रजत र स्वर्ण पदक जितोस् भन्ने चाहन्छु। म भारतमा हरेक बालिकाको सपना साकार भएको हेर्न चाहन्छु। धेरैले मलाई कुश्ती जारी राख्ने सल्लाह दिए तर म बृजभूषण जस्ता मानिसहरू अघि कुश्ती खेल्न चाहदिनँ। यस्ता मानिसहरूलाई खुल्ला घुमिरहेको देख्दा दुःख लाग्छ। उनीहरूले यी कुराहरूलाई नियन्त्रणमा राखेको जस्तो लाग्छ। मैले यी घटनाहरू सुनाएकी मात्र होइन। मैले आफै पनि उत्पीड़न अनुभव गरेकी छु। मैले कुश्ती छोड़िसकेकी छु तर युवा पहलवानहरूलाई हाम्रो अभियान (बृजभूषण जस्ता व्यक्तिहरूलाई हटाउने) सफल हुने आशा रहेको छ। हामीले हरसम्भव प्रयास गऱ्यौं। बृजभूषणसँग सम्बन्धित व्यक्तिहरूलाई प्रशासनमा आउने अनुमति नदिनको निम्ति म सरकारसँग फेरि अनुरोध गर्न चाहन्छु। म सदा सकारात्मक रहन्छु अनि मलाई सकारात्मक नतीजाको आशा छ।









