सिलगढी: स्वयंसेवी संस्था युवा भारतीले बिरामीको सेवाका लागि एम्बुलेन्स सेवा शुरु गरेको छ। उक्त एम्बुलेन्स सेवाको आज मेयर गौतम देवले उद्घाटन गरेका हुन्। युवा भारती स्वैच्छिक संस्था लामो समयदेखि समाजसेवामा संलग्न रहेको बताइएको छ। अहिले गेटबजार युवा भारतीले सानो स्वास्थ्य केन्द्रको रुप लिएको छ। यहाँ धेरै मानिसहरु आफ्नो स्वास्थ्य जाँच गराउन आउँछन्। बिरामीको सेवाका लागि सोमबारदेखि एम्बुलेन्स सेवा सुरु गरिएको हो। मेयर गौतम देवले सेवाको उद्घाटन गरेका थिए। सो अवसरमा उपमेयर रञ्जन सरकार, नगर अध्यक्ष प्रतुल चक्रवर्ती, मेयर काउन्सिल माणिक दे, पार्षद तपस चटर्जी, बिमान तापदार लगायतको उपस्थिति रहेको थियो। युवा भारतीका अध्यक्ष मनोज दासले यो एम्बुलेन्स सेवा सर्वसाधारणका लागि निकै कम खर्चमा उपलब्ध हुने बताए।