कोलकाता: कलकत्ता उच्च न्यायालयले पश्चिम बंगालको सन्देशखालीमा तृणमूल कंग्रेस नेता शाहजहाँ शेखको परिसरमा छापामारी गर्न गएका प्रवर्तन निदेशालय (ईडी) का अधिकारीहरूमाथि भएको आक्रमणको जाँच राज्य पुलिसदेखि केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई) लाई हस्तान्तरण गर्ने सम्बन्धि ईडीको याचिकामाथि सोमवार आफ्नो आदेश सुरक्षित राखेको छ। मुख्य न्यायाधीश टी. एस. शिवगणनमको अध्यक्षतामा रहेको खण्डपीठले ईडी, राज्य सरकार अनि सीबीआईका तर्कहरू सुनेपछि फसेला सुरक्षित राख्यो। अतिरिक्त सोलिसिटर जनरल एसवी राजुले राज्य पुलिसमाथि पक्षपात गरिएको आरोप लगाउँदै भने, शेखविरूद्ध ४० भन्दा अधिक मुद्दाहरू वर्षोंदेखिको लम्बित रहेको भए तापनि पुलिसले सन्देशखालीका तृणमूल नेताको परिसरमा भएको छापामारी अवधि एक हजारभन्दा अधिक मानिसहरूको उग्र भीड़ले ईडी अधिकारीहरूमाथि गरेको आक्रमणको घटनापछि मात्र शेखलाई पक्राउ गरेको थियो।
उनले भने, शेखलाई पक्राउ गरिएपछि राज्य सरकारले मामिलाको जाँच बशिरहाट पुलिसदेखि लिएर अपराध जाँच विभाग (सीआईडी)-लाई सुम्पिदिएको थियो। राजुले दाबी गरे, शेखलाई सीबीआई हिरासदेखि बचाउनको लागि यस्तो गरिएको थियो। जाँचको जिम्मा सीबीआईलाई हस्तान्तरण नगरिएको भए पनि आरोपीलाई अधिकतम १४ दिनसम्म मात्र पुलिस हिरासतमा राख्न सकिन्छ।राज्य सरकारको पक्षबाट पेश महाधिवक्ता किशोर दत्ताले जाँच हस्तान्तरित गर्ने उजुरीको विरोध गर्दै दाबी गरे, राज्य पुलिसले नै ईडी अधिकारीहरूलाई बचायो अनि उत्तर २४ परगना जिल्लाको सन्देशखालीबाट उनीहरूको निम्ति सुरक्षित मार्ग सुनिश्चित गर्न सफल भयो। सीबीआईका वकिलले भने, यदि अदालतले निर्देश दियो भने एजेन्सी जाँच गर्नको लागि तयार छ।










