नयाँ दिल्ली: सनराइजर्स हैदराबाद (एचआरएस)-ले इण्डिन प्रीमियर लीग (आईपीएल) २०२४ सीजन अघि प्याट कमिन्सलाई टीमका कप्तान नियुक्त गऱ्यो। सोमवार आफ्नो सोशल मीडिया एकाउण्टको माध्यमले फ्रेञ्चाइजीले यसबारे जानकारी दियो। गत दुई सीजनमा सनाइजर्स हैदराबादक कप्तानी दक्षिण अफ्रिकाका एडेन मार्करमले गरेका थिए तर उनको साथमा टीमले विशेष सफलता हासिल गर्न सकेन अनि आईपीएल २०२३-मा त टीम १४ वटा म्याचमा केवल ४ वटा जीतको साथ पोइण्ट्स टेबलको फेदमा रहेको थियो। यसबीच मार्करमले एसए२० टुर्नामेण्टको पहिलो दुईवटा सीजनमा चाहिँ हैदराबाद फ्रेञ्चाइजीको सहयोगी टीम सनराइजर्स केप टाउनलाई सफलतापूर्वक ट्रफीसम्म पुऱ्याएका छन्।
यसरी कमिन्सको निम्ति साल २०२३ असाधारण रह्यो। उनको कप्तानीमा अष्ट्रेलियाले वर्ल्ड टेस्ट च्याम्पियनशीप (डब्ल्यूटीसी)-को खिताब जित्नको साथै एशेज ट्रफी आफूसँग कायम राख्यो। त्यसपछि उनकै कप्तानीमा अष्ट्रेलियाले रेकर्ड छैटौंपल्ट आईसीसी वनडे वर्ल्ड कपको खिताब पनि जित्यो। अहिले उनी आईपीएलमा पहिलोपल्ट कुनै टीमको कप्तानी गर्न तयार छन्। उनले हैदराबादका मुख्य प्रशिक्षक डेनियल भिटोरीसँग मिलेर काम गर्नेछन्, जसले अष्ट्रेलियाई टीममा पनि सहायक प्रशिक्षकको रूपमा काम गर्छन्। उनी डेविड वार्नरपछि हैदराबादको कप्तान बन्ने दोस्रो अष्ट्रेलियाई हुन्, जसले २०१५-देखि २०२१-सम्म ६७ वटा म्याचा फ्रेञ्चाइजीको नेतृत्व गरेका थिए। गत वर्ष दुबईमा भएको आईपीएलको लिलामीमा फ्रेञ्चाइजीले कमिन्सलाई २०.५ करोड़ रुपियाँमा खरीद गरेको थियो, जसले उनी लीगको इतिहासमा दोस्रो सबैभन्दा महँगो खेलाड़ी बनेका थिए। कमिन्सले यसअघि आईपीएलमा दिल्ली क्यापिटल्स र कलकत्ता नाइट राइडर्सको प्रतिनिधित्व गरेका थिए। आईपीएल २०१६-को विजेता सनराइजर्सले आईपीएल २०२४-मा दुईपल्टका च्याम्पियन कलकत्ता नाइट राइडर्स विरुद्ध २३ मार्चमा आफ्नो अभियान शुरु गर्नेछ।