केएन राईमाथि भएको घटनाको राज्यपालले पुलिस महानिदेशकबाट  जानकारी लिए

n5886809141709565846019bb8f1f95b30a7fda88141dd57d65c9c151c28516ee666bb48575b82a792aac90.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले सिक्किम विधानसभाका पूर्व अध्यक्ष केएन राईमाथि भएको प्राणघातक घटनाको सन्दर्भमा सिक्किम पुलिसका महानिदेशक एके सिंहबाट जानकारी लिएका छन्।

राज्यपालको निर्देशनपछि पुलिस महानिदेशक सिंहले आज राजभवनमा राज्यपालसॅंग भेट गरे।

पुलिस महानिदेशकले गत १ मार्च, २०२४ मा भएको हिंसाको घटनाको बारेमा राज्यपाललाई जानकारी गराए, जहाँ पूर्व विधानसभा अध्यक्ष केएन राई र अन्यहरूमाथि मल्लीमा अज्ञात व्यक्तिहरूद्वारा आक्रमण गरिएको थियो। उनले राज्यपाललाई अनुसन्धानको प्रक्रियालाई पुलिस मुख्यालयले नजिकबाट अनुगमन गरिरहेको जानकारी गराए।

राज्यपालले शान्तिको लागि अपील गरेका छन् भने सिक्किमका नागरिकहरूलाई अनुसन्धान एजेन्सीहरू र पुलिस विभागमाथि विश्वास गर्न आग्रह गर्दै राज्यमा कानून र व्यवस्था सुनिश्चित गर्न पुलिस समर्पित रहेको बताएका छन्। राज्यपालले सिक्किमका नागरिकहरूलाई भारतको शान्तिपूर्ण राज्यको रूपमा सिक्किमको छविलाई निरन्तरता दिन अपील गरेका छन्, जहाँ कानूनको शासन छ र समाजका सबै वर्गहरू शान्ति र सौहार्दताका साथ सहअस्तित्वमा बसेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement